३ भदौ २०८३, बुधबार | August 19, 2026

अपराजित रहदै पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै सातौं जित निकालेको पुलिसले प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्‍यो ।

पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टिम बन्यो । जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसको जितमा दीलिप नाथले ५७ रन बनाउँदा कुशल भुर्तेल २२ रनमा आउट भए । अर्जुन साउद ४४ र आरिफ शेख २७ रनमा नट आउट रहे ।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । विपिन खत्री र कमल परियारले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८.३ ओभरमा १७० रन मात्र बनाउन सक्यो । गण्डकीका अमृत गुरुङले सर्वाधिक ५० रन बनाए ।

पुलिसको तीव्र गतिका बलर राशिद खानले ५ विकेट लिए । ललित राजवंशी र करण केसीले समान २-२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

जारी लिगमा अपराजित रहेको पुलिस ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । १० टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : ५७ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ