९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

अपराजित रहदै पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै सातौं जित निकालेको पुलिसले प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्‍यो ।

पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टिम बन्यो । जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसको जितमा दीलिप नाथले ५७ रन बनाउँदा कुशल भुर्तेल २२ रनमा आउट भए । अर्जुन साउद ४४ र आरिफ शेख २७ रनमा नट आउट रहे ।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । विपिन खत्री र कमल परियारले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८.३ ओभरमा १७० रन मात्र बनाउन सक्यो । गण्डकीका अमृत गुरुङले सर्वाधिक ५० रन बनाए ।

पुलिसको तीव्र गतिका बलर राशिद खानले ५ विकेट लिए । ललित राजवंशी र करण केसीले समान २-२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

जारी लिगमा अपराजित रहेको पुलिस ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । १० टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : ५७ बजे

कोलकोता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन

कूटनीतिक अधिकारीहरूसँग छलफल

काठमाडौं । कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त

जोमसोम-कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको

युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा

काठमाडौं । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको