३१ भदौ २०८३, बुधबार | September 16, 2026

कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो



काठमाडौं । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो । आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार एक सय चार दशमलव ७२ को विन्दुमा कायम भएको हो ।

तीन सय ११ कम्पनीको एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता शेयर एक लाख तीन हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ समूह शून्य दशमलव ०६, लघुवित्त समूह शून्य दशमलव ०५ र निर्जीवन बीमा समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूह एक दशमलव ६४ र जलविद्युत् समूह एक दशमलव ०८ प्रतिशतले बढेका छन् ।

युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर-२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै रू ६० करोड १६ लाख ७१ हजार आठ सय नौ बराबरको नौ लाख पाँच सय ११ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : ०८ बजे

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक