४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

नेपालगन्ज-कैलाश मानसरोवर दुरदर्शन* उडान सुरु



नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर दुरदर्शनका लागि उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट परिक्षणका रुपमा मानसरोबरको दुरदर्शन उडानको सेवा प्रारम्भ भएको हो ।

भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमानबाटै कैलाश मानसरोवरको दर्शन गर्ने गरि त्यस तर्फ प्रस्थान गरेको नेपाल एशोशिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

अन्तरराष्ट्रिय उडान मापदण्ड अनुसार १० माइल भन्दा टाढा नेपाली आकाशबाट मानसरोबरको दर्शन गर्ने ब्यवस्था मिलाइएको सिग्देलले बताए । अन्तरराष्ट्रिय उडान मापदण्ड अनुसार अर्को देशको आकासको १० माइल भन्दा पर मात्र उडान गर्न पाइने ब्यवस्था रहेको छ । सोही मापदण्ड अनुसार श्री एयरलाइन्सले परक्षिणकारुपमा नेपाली आकासबाटै मानसरोबरको दर्शन गराएर बिमान नेपालगन्ज फर्केको हो ।

पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुशी व्यक्त गर्दै नेपालगन्ज पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको बताए ।

नेपालगन्जको पर्यटन प्रर्वद्धनमा नेपालगन्ज-कैलाश मानसरोवर दर्शनको उडान फलदायी हुने विश्वास व्यक्त गर्दै नेपालगन्ज-पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे ।

नोट : शिर्शक सम्पादन गरिएको

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : ५३ बजे

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ

गुल्मीको सत्यवतीमा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाको कालीगण्डकीका दुई जनाको मृत्यु

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी-पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना

एमालेको सचिवालय बैठक आज बस्दै, कार्यविभाजन र स्थानीय तह केन्द्रित रणनीतिमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।