२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिता : डाँफे स्पोर्टस ‘ए’ र एफ सि ब्रोदर्श विजयी



बुटवल । बाँकेको खजुरामा जारी नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिताको आजको खेलमा डाँफे स्पोर्टस ‘ए’ खजुरा र एफ सि ब्रोदर्श खजुरा विजयी भएका छन ।

न्यु डाँफे स्पोर्टस् क्लवको आयोजनामा खजुराको मिनी रंगशालामा भएको पहिलो खेलमा आयोजक न्यु डाँफे स्पोर्टस ‘ए’ खजुराले मनकामना समाज सुधार युथ क्लब, कोहलपुरलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

न्यु डाँफेका स्ट्राइकर फागुराम थारुले प्रतियोगिताको पहिलो हयाट्रिक गरे । उनले एक्लै खेलमा ४ गोल गरे कुबेर सिंहले थप एक गोल गरे । खेलमा मनकामना समाज सुधार युथ क्लबका खेलाडीहरु अनुशासन बिपरित अन्तिम ५ मिनेट समय बाँकी रहदै मैदान छाडेका थिए । सो खेलमा न्यु डाँफेका फागुराम थारु म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

आजै सम्पन्न भएको अर्को खेलमा एफसि ब्रोदर्श खजुरा विजयी भएको छ । एफसि ब्रोदशले न्यु जन परोपकार युवा स्पोर्टस क्लबलाई ३—० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एफसि ब्रोदर्शका प्रेम सुनारले हयाट्रिक गरे । योसंगै प्रतियोगितामा दुई खेलमा लगातार दुई हयाट्रिक भएको छ । खेलमा एससि ब्रोदर्शका प्रेम सुनार म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले ८५ हजार ५ सय ५५ रुपैयासहित, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तिलकबिर सुनारले बताए । १४ टिमले भाग लिएको प्रतियोगिता माघ २३ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ५८ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ