२ पुस २०८२, बुधबार | December 18, 2025

दक्षिण अफ्रिका र माली अफ्रिकन कपको क्वाटरफाइनलमा



काठमाडौं । दक्षिण अफ्रिकाले मोरक्कोलाई पराजित गर्दै अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाको जितमा एभिडेन्स माकगोपा र टेबोहो मोकेएनाले एक एक गोल गरेका थिए ।

त्यस्तै यस खेलमा खेलको ९४ औं मिनेटमा मोरक्कोका सोफयान अमराबतले रातो कार्ड पाएका थिए । यस खेलमा खेलको ८५ औं मिनेटमा मोरक्कोले पाएको पेनाल्टी अचर्फ हाकिमीले बारमा हानेपछि मोरक्कोले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा मालीले ब्रुकिना फासोलाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । अब क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले केप भर्डेको सामना गर्ने छ भने मालीले आइभरी कोष्टको सामना गर्ने छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ५७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल