४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

यू-१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै



काठमाडौं । जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै छ ।

यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

योसँगै बंगलादेशले पहिला बलिङ गर्ने भएको छ ।

नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सको पहिलो खेलमा मंगलबार भारत र पाकिस्तानले आ(आफ्नो खेलमा जित हासिल गरिसकेका हुनाले नेपालको सेमिफाइनलको सम्मावना भने सकिएको छ । अब दुवै खेलमा जित हासिल गरेपनि नेपालको सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।

नेपालले समुह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो ।

आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २-२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  २ : १७ बजे

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि