१ श्रावण २०८२, बिहिबार | July 18, 2025

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित



काठमाडौं । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।

जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालका बलर सुबास भण्डारीले बंगलादेशका पाँचै विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो ।

नेपालका लागि विशाल विक्रम केसीले सर्बाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए । त्यस्तै अर्जुन खनालले १४ रन बनाएका थिए । नेपालका लागि विपिन खनालले २, आकाश त्रिपाठीले ३, गुलशन झाले ३,  दिपक बोहोराले ३, दिपेश कँडेलले ३, सुबाश भण्डारीले १८ रन र दुर्गेश थापाले ९ रन बनाएका थिए ।

त्यसैगरी बंगलादेशका बलर रोहनत डोउलाह बोरसनले ४ विकेट लिए भने शेइख पाएभेज जिबोनले ३ विकेट लिएका थिए । त्यस्तै इकबाल होसैन एमोन, मारुफ मृधा र जिशान आलमले एक विकेट लिएका थिए ।

यो जितपछि बंगलादेश सेमिफाइनलको दौडमा कायम रहेको छ र बंगलादेशको ३ खेलमा ४ अंक भएको छ ।

नेपाल भने सेमिफाइनलको दौडबाट यस अघि नै बाहिर भएको छ । नेपालले अब अर्को खेल भारतसँग शुक्रबार खेल्ने छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : १८ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको