४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

यू-१९ क्रिकेट विश्वकप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै



काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले शुक्रबार भारतको सामना गर्दैछ । सुपर सिक्सको पहिलो खेल गुमाइसकेको नेपाल भारतसँगको खेलपछि जित वा हार जे भए पनि घर फर्किनेछ ।

विश्वकपमा नेपालले भारतसँग तेस्रो पटक खेल्न लागेको हो । यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २००० मा कोलम्बोमा नेपाल र भारत यू-१९ विश्वकपमा भिडेका थिए ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । नेपाल बंगलादेशसँग ५ विकेटको पराजित भएसँगै नेपालको अर्को चरणमा जाने सम्भावना सकिइसकेको थियो ।

भारतले भने सुपर सिक्सको पहिलो खेलमा न्यूजिल्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समूह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् ।

सुपर सिक्सको समूह १ बाट नेपाल सहित न्यूजिल्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंकविहीन भएको हो । आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : १३ बजे

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि