१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवलमा भारतबाट भित्राइएको ६ सय केजी प्रतिबन्धित मरेको माछा बरामद



बुटवल । बुटवल प्रहरीले भारतबाट बुटवल तर्फ ल्याइँदै गरेको ६ सय केजी प्रतिबन्धित मरेको माछा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले भन्सार छलेर बुटवल तर्फ ल्याउँदै गरेको उक्त परिमाणको प्रतिबन्धित मरेको माछा बरामद गरेको हो ।

प्रहरीका अनुसार आज दिउँसो १ बजेको समयमा बुटवल ११ योगिकुटीचोकमा बेलहियाबाट बुटवल तर्फ आउँदै गरेको बस खानतलासीका क्रममा बैखी जातको प्रतिबन्धित माछा बरामद भएको हो ।

भन्सार छली चोरी निकासी गरी अवैध बैखि जातका माछा ओसार पोसार भई रहेको सूचनाको आधारमा भैरहवाबाट बुटवलतर्फ आउदै गरेको माइक्रो बस चेकजाँच गर्दा बसको पछाडि डिक्कीमा लुकाई छिपाई राखेका प्लाष्टिकको ८ वटा बोरामा ६ सय केजी प्रतिबन्धित बैखि जातका मरेका माछा फेला परेको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताए ।

बरामद भएको माछालाई स्थानीय प्रतिनिधिको रोहवरमा इलाका प्रहरी कार्यालयको कम्पाउण्ड भित्र खाडल खनी नष्ट गरी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ०४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्