३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

मन्त्रिपरिषदबाट बिभिन्न रिक्त स्थानहरुमा पदपूर्ती



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ती गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौं निवासी डा। सहारा श्रेष्ठलाई मनोनयन गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।

उनका अनुसार बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजक रहेको निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  १ : ५७ बजे

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

काठमाडौं । आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस

पाल्पा जीप दुर्घटनामा थप एकजनाको मृत्यु, तेह्र घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

आज मदन–आश्रित स्मृति दिवस, एमाले र एकीकृत समाजवादीको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिदै

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत