२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

नेपालगन्जमा नेपाल कल्चर फेस्टिवल हुँदै



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक राष्ट्रिय स्तरको कल्चर फेस्टिवल हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवर्धन तथा प्रचार प्रसार गरिने बताइएको छ ।

सुदुर पश्चिमको डेउडा नृत्य र गीत देखि पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम सम्म, तरार्इको थारु र अवधि नृत्य÷गीत देखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा संस्कृति झल्किने नृत्य फेस्टिवलमा प्रदर्शन गरिने अन्तरालले जनाएको छ । त्यसैगरि काठमाण्डौ उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजा देखि लाखे नाच सम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ ।

कार्यक्रममा भाषा र संस्कृतिका अध्येताहरु, गीत, नृत्यका अध्येताहरु र चाडपर्व, रितिरिवाजका जानकारहरुवीच छलफल र विचार विमर्श हुने फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । ‘ यो नेपाली गीतसंगीत, नृत्य,भेषभुषा र संस्कृति झल्काउने संभवत ः नेपालकै ठूलो ईभेन्ट हो ।ु उनले भने ।

बहु सांस्कृतिक, बहुभाषी संस्कृति रहेको हाम्रो देशमा सयौँ थरी नाच र गीत रहेको उल्लेख गर्दै उनले ती संस्कृतिहरुको प्रवर्धन, अध्यन अनुसन्धान गर्नु फेस्टिवलको उद्देश्य भएको दाबी गरे ।

कतिपय परम्परागत बाजाहरु, भेषभुषाहरु गहनाहरु लोपहुने अवस्थामा पूगेको, पूराना पुस्ताका गीतहरु नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सबैखाले संस्कृति र गीतसंगीतको साझा मञ्चको रुपमा फेस्टिवल आयोजना गर्न लागिएको उनले बताए ।

फागुन २४ र २५ गते नेपालगन्ज रंगशालामा हुने यस फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ । शास्त्रीय संगीतदेखि पछिल्लो पुस्ताको पप रक सम्मको प्रस्तुती रहने आयोजकले जनाएको छ । अनतरालका अनुसार स्थानीय नव प्रतिभाहरुलाई विशेष प्राथामिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका व्याण्ड देखि चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

‘ देश भनेको भूगोल मात्र पनि होइन, संस्कृति जोगिएन भने पहिचान मेटिदै जान्छ – ’ अन्तरालका कार्यकारी शाहले भने– ‘नेपाल कल्चर फेस्टिवलको अवसरमा नेपालगन्जमा सिङ्गो नेपाल झल्किनेछ । ’

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : ०५ बजे

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल ले आफ्नो नाममा रहेको कूटनीतिक

भुटानी प्रधानमन्त्री तोब्गेले दिए रवि र बालेन्द्रलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति