२७ माघ २०८२, मंगलबार | February 10, 2026

अरुण चौधरी पक्राउ प्रकरण : परिसंघले जनायो आपत्ती, ४ दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीमाथि धरपकड हुँदा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने बताएका छन्।

अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमा विदेशी लगानी भित्र्याउने भन्दै सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा सीजी होल्डिङका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक अरूण चौधरीलाई पक्राउ गर्नु देशको हित विपरित भएको टिप्पणि गरेका छन्।

‘एकातिर लगानी सम्मेलन तयारी गर्ने, अर्कोतिर व्यावसायीलाई धरपकड गर्ने । यस घटनाले विदेशी लगानीकर्ता भित्रिनेभन्दा पनि स्वदेशी लगानीकर्ता नै पलायन हुने आशंका उब्जाएको छ,’ उनले भने, ‘पक्राउ गर्न नै नपाउने भन्ने होइन । तर, कुनै सूचना नदिएर पक्राउ गर्नु, अथवा जुन हिसाबले धरपकड गरियो, त्यो विषय हाम्रो अब्जेक्सन हो ।’

व्यवसायीलाई कुनै जानकारी नदिई अपराधीजस्तो बर्सौं अगाडि कुरामा पक्राउन गर्नु गलत भएको उनको भनाइ थियो। व्यापारीले देशमा लगानी गरेको भन्दै दोषी नठहरिएसम्म थुनामा राख्न नहुने उनको तर्क छ।

आजै नेपाल उद्योग परिसंघले एक विज्ञप्ति प्रकाशित गर्दै अरुण चौधरी यही देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी भएको र उनी देश छोडेर कतै जान नलागेको जनाएको छ । राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको र यसप्रति निजी क्षेत्रको घोर आपत्ति रहेको परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसले सम्पूर्ण उद्योगी-व्यवसायीको मानमर्दन भएको परिसंघको ठहर छ। चौधरीको पक्राउको घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपदेयतालाई उपेक्षा गरेको जस्तो देखाएको र यसले परिसंघलाई सोच्न बाध्य तुल्याएको विज्ञप्तिमा उल्लेख छ।

उता काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाद विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो। उक्त प्रकरणको अनुसन्धानका लागि अदालतले केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)लाई चार दिन थुनामा राख्न अनुमति दिएको हो।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ८ : ०० बजे

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : गगन थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’