७ चैत्र २०८२, शनिबार | March 22, 2026

बाँकेका विकास निर्माणमा लुम्बिनी प्रदेश शहरी विकास मन्त्री केसीको चासो



नेपालगन्ज । लुम्बिनी प्रदेस सरकारका शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बाँकेमा रहेका विकास निर्माण सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया गरेकी छन् । उनले बाँकेमा संचालनमा रहेका विकास निर्माणको अवस्थाको बारेमा सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया गरेकी हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको संयोजनमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री केसीले अनतरक्रियाबाट बाँकेमा सञ्चालनमा रहेका विभिन्न सरकारी योजनाको बारेमा आफुले जानकारी लिने अवसर मिलेको बताईन । उनले जिल्लामा सञ्चालनमा रहेका विकासे योजना सम्पन्न गर्नको लागि प्रदेश सरकारका तर्फबाट आफ्नो पूर्ण सहयोग रहने आश्वासन दिँदै समयमै योजना सम्पन्न गर्न निर्देशन दिइन् । ‘विकासे योजना समयमै सम्पन्न गर्नको लागि तीब्र गतिमा लाग्नुहोला । केही असहजता भए त्यसको समाधान गर्नको लागि मैले आफ्नो तहबाट पहल गर्नेछु ।’ उनले भनिन् ।

लुम्बिनी प्रदेश शहरी विकास मन्त्री केसीले अन्तरक्रियामा उपस्थित सबै विकाससँग सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई जनताले प्रत्यक्ष अनुभूती गर्ने गरी काम अघि बढाउन आग्रह गर्दै संघ, प्रदेश र स्थानीय योजना एक आपसमा नबाझिने गरी कार्यसम्पादन गर्न निर्देशन समेत दिईन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ४ : ४० बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा