१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकारको विकल्प खोज्ने बेला आयो : प्रदीप ज्ञवाली



पाेखरा। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको बताएका छन ।

प्रेस चौतारी नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले सत्ता टिकाई राख्नको लागि सबै खालका हरकत गरेकोसमेत बताए ।

‘देश वहुआयामिक सङ्कट तिर धकेलिरहेको अवस्था छ, यो सङ्कटले समाजमा ठुलो छटपटी, नैराश्य र व्यापक अन्यौलता बढेको छ’, उनले भने, ‘राज्यले कोही नभए पनि सरकार छ भन्ने विश्वास जगाउनु पर्नेमा सरकारकोतर्फबाट त्यो हुन सकेको अवस्था छैन ।’ देशको हरेक क्षेत्र ओरालो लाग्दै गएको पनि ज्ञवालीको टिप्पणी रहेको छ ।

युवाहरूमा अब देश बन्दैन, देशमा भविष्य छैन भन्ने निराशा बाँड्ने काम सरकारले गरेको ज्ञवालीले बताए । मुलुकको बाह्य सम्बन्धमा समेत आँच आउने काम सरकारबाट भएको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरेका छन ।

देश र जनतालाई कमजोर बनाएर सरकार बलियो बनाउने प्रयासमा गठबन्धन लागेको उनको भनाइ छ । सरकार उल्टो दिशामा हिँडेको कारण यो सरकारको विकल्प खोज्ने बेला आएको ज्ञवालीको भनाइ छ । देशमा मौलाउँदो बेथिति एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने उgले स्पष्ट पारेका छन ।

देशका थुप्रै योजना भारतलाई हस्तान्तरण गरेर भारतको आसिर्वाद लिने काम गरिएको ज्ञवालीले भनाइ छ । यसरी लिएका योजना भारतले होल्ड गरेर राख्ने काम मात्र गरेको ज्ञवालीले जनाएका छन\ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १ : २३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान