५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

आज रातिबाटै मौसममा पुन: बदली



काठमाडौं । दुई दिन खुलेको मौसम आज रातिबाटै पुनः बदली हुने भएको छ । भोलि बिहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा, बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनले पश्चिमी वायुको प्रभावले अहिले सुदूरपश्चिमबाट बादल प्रवेश गरिसकेको जानकारी गराउँदै अब रातिबाटै बदली हुने बताए । यसअघि शुक्रबारअघि बदली रहेको मौसम आज शनिबार खुलेको थियो । उनका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली कायम नै रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबारबाट भने मौसम क्रमशः खुल्ने लामिछानेले बताए । सोमबार कोशी प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ११ : २१ बजे

नेपालको अन्तिम चुनौती आज, विश्वकपको समापन खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ

पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते

अर्घाखाँची । यहाँको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा

पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका