१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा



बुटवल । लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

यसवर्ष पनि दिवसका सन्दर्भमा विभिन्न कार्यक्रमहरू हुँदैछन् । प्रदेश गृह मन्त्रालयका सचिव लालबावु कवारीले स्थापना दिवसको अवसरमा शुक्रवार प्रदेशसभा र प्रदेशसरकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने बताए ।

गृह मन्त्रालय र प्रदेश खेलकूद परिषद्को संयुक्त आयोजनामा आज बिहान ८ बजेदेखि राजधानी राप्ती उपत्यकाको भालुवाङ देखि देउखुरी प्रशासनिक परिसरसम्म ५ किलोमिटरको दौड प्रतियोगिता आयोजना समेत आयोजना गरिएको छ ।

दौडमा १२ जिल्लाका युवाले भाग लिन पाउनेछन् । प्रतियोगितमा प्रथम, द्धितीय र तृतीय हुनेलाई खेलकूद् परिषद्ले पुरस्कृत गर्नेछ । त्यस्तै, आइतबार बिहान ११ बजेबाट सभाहलमा औपचारिक कार्यक्रम हुनेछ ।

१२ जिल्लाका स्थानीय तहलाई आफ्नो पहिचानसहित विभिन्न कला, संस्कृति र भेषभुषासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनका लागि अहिलेसम्म ११ जना ग्रुपले नाम दर्ता गराएको उनले बताए ।

प्रदर्शनमा प्रथम हुनेलाई २१ हजार, द्धितीयलाई १५ हजार, तृतीयलाई ११ हजार र सान्तना हुने समुहलाई ६ हजार रुपैयाँले पुरस्कृत गरिने सचिव कवारीले बताए ।

लुम्बिनी प्रदेशको आर्थिक विकासमा कलम चलाएका १३ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिने मन्त्रालयका प्रवक्ता खिमानन्द ज्ञवालीले बताए । १२ जिल्ला मध्येबाट एक जनालाई १ लाख राशी सहितका अग्रज सञ्चारकर्मी सम्मान र १२ जनालाई ५० हजार रुपैयाँको राशीमा सृजनशील सञ्चारकर्मीबाट सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

स्थापना देखिका पूर्वसांसदलाई प्रदेशसभाले लागो वितरण गर्ने, स्मारिका विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : ४८ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन