२० मंसिर २०८२, शनिबार | December 6, 2025

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा



बुटवल । लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

यसवर्ष पनि दिवसका सन्दर्भमा विभिन्न कार्यक्रमहरू हुँदैछन् । प्रदेश गृह मन्त्रालयका सचिव लालबावु कवारीले स्थापना दिवसको अवसरमा शुक्रवार प्रदेशसभा र प्रदेशसरकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने बताए ।

गृह मन्त्रालय र प्रदेश खेलकूद परिषद्को संयुक्त आयोजनामा आज बिहान ८ बजेदेखि राजधानी राप्ती उपत्यकाको भालुवाङ देखि देउखुरी प्रशासनिक परिसरसम्म ५ किलोमिटरको दौड प्रतियोगिता आयोजना समेत आयोजना गरिएको छ ।

दौडमा १२ जिल्लाका युवाले भाग लिन पाउनेछन् । प्रतियोगितमा प्रथम, द्धितीय र तृतीय हुनेलाई खेलकूद् परिषद्ले पुरस्कृत गर्नेछ । त्यस्तै, आइतबार बिहान ११ बजेबाट सभाहलमा औपचारिक कार्यक्रम हुनेछ ।

१२ जिल्लाका स्थानीय तहलाई आफ्नो पहिचानसहित विभिन्न कला, संस्कृति र भेषभुषासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनका लागि अहिलेसम्म ११ जना ग्रुपले नाम दर्ता गराएको उनले बताए ।

प्रदर्शनमा प्रथम हुनेलाई २१ हजार, द्धितीयलाई १५ हजार, तृतीयलाई ११ हजार र सान्तना हुने समुहलाई ६ हजार रुपैयाँले पुरस्कृत गरिने सचिव कवारीले बताए ।

लुम्बिनी प्रदेशको आर्थिक विकासमा कलम चलाएका १३ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिने मन्त्रालयका प्रवक्ता खिमानन्द ज्ञवालीले बताए । १२ जिल्ला मध्येबाट एक जनालाई १ लाख राशी सहितका अग्रज सञ्चारकर्मी सम्मान र १२ जनालाई ५० हजार रुपैयाँको राशीमा सृजनशील सञ्चारकर्मीबाट सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

स्थापना देखिका पूर्वसांसदलाई प्रदेशसभाले लागो वितरण गर्ने, स्मारिका विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : ४८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय