३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

प्रेस चौतारी नेपाल, रुपन्देहीले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधी बुटवल मोबाईल संघलाई



बुटवल । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल, रुपन्देही जिल्ला शाखाले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८० को उपाधी बुटवल मोबाईल एसोसिएसन संघले हात पारेको छ ।

शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा नेपाल चिकित्सक संघ लुम्बिनीलाई ४-१ गोल अन्तरले पराजित गर्दै बुटवल मोबाईल एसोसिएसन संघले उपाधि हात पारेको हो ।

प्रतियोगितामा चिकित्सक संघका डा.आलोक थैव सर्वोत्कृष्ट खेलाडी, कर्मचारी मिलन केन्द्रका रेशम राना सर्वाधिक गोलकर्ता, मोबाईल संघका केशव क्षेत्री उत्कृष्ट गोलरक्षक तथा चिकित्सक संघका डा.कमल आचार्य अनुसासित खेलाडी घोषित हुदै पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेकपा एमालेका उपाध्यक्ष, पुर्व उपप्रधान, अर्थ तथा खेलकुदमन्त्री विष्णु प्रसाद पौडेल, चिकित्सक संघका अध्यक्ष डा कृष्ण खरेल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, चौतारीका प्रदेश महासचिव निरु गौतम, जिल्लाका सल्लाहकार भरत केसी, दिनेश पाण्डे, अध्यक्ष लक्ष्मण पौडेल, उपाध्यक्ष भगवती पाण्डे, संयोजक दिनेश कुमार श्रेष्ठ, सहसंयोजक स्वस्तिक श्रेष्ठले कप, मेडल, प्रमाणपत्र तथा कुखुराको भाले उपहार वितरण गरेका थिए ।

कर्पोरेट संस्थाहरुका बीचमा अन्तरसम्बन्ध विकास र बिस्तारको उदेश्यसहित पहिलोपटक आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको चौतारी रुपन्देही शाखाका अध्यक्ष लक्ष्मण पौडेलले बताए । प्रतियोगितामा रुपन्देहीका २३ वटा व्यवसायिक तथा सामाजिक संस्थाहरु सहभागी रहेको कार्यक्रम संयोजक दिनेश कुमार श्रेष्ठले बताए ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले स्थापना दिवसको अवसरमा भोली २२ गते रक्त संचार केन्द्र बुटवलमा बिहान ८ बजे रक्तदान कार्यक्रमको आयोजना गरेको हुदाँ सम्पूर्ण रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन कार्यक्रम संयोजक स्वस्तिक श्रेष्ठले आग्रह गरेका छन ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : ३८ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको