४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रेस चौतारी नेपाल, रुपन्देहीले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधी बुटवल मोबाईल संघलाई



बुटवल । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल, रुपन्देही जिल्ला शाखाले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८० को उपाधी बुटवल मोबाईल एसोसिएसन संघले हात पारेको छ ।

शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा नेपाल चिकित्सक संघ लुम्बिनीलाई ४-१ गोल अन्तरले पराजित गर्दै बुटवल मोबाईल एसोसिएसन संघले उपाधि हात पारेको हो ।

प्रतियोगितामा चिकित्सक संघका डा.आलोक थैव सर्वोत्कृष्ट खेलाडी, कर्मचारी मिलन केन्द्रका रेशम राना सर्वाधिक गोलकर्ता, मोबाईल संघका केशव क्षेत्री उत्कृष्ट गोलरक्षक तथा चिकित्सक संघका डा.कमल आचार्य अनुसासित खेलाडी घोषित हुदै पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेकपा एमालेका उपाध्यक्ष, पुर्व उपप्रधान, अर्थ तथा खेलकुदमन्त्री विष्णु प्रसाद पौडेल, चिकित्सक संघका अध्यक्ष डा कृष्ण खरेल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, चौतारीका प्रदेश महासचिव निरु गौतम, जिल्लाका सल्लाहकार भरत केसी, दिनेश पाण्डे, अध्यक्ष लक्ष्मण पौडेल, उपाध्यक्ष भगवती पाण्डे, संयोजक दिनेश कुमार श्रेष्ठ, सहसंयोजक स्वस्तिक श्रेष्ठले कप, मेडल, प्रमाणपत्र तथा कुखुराको भाले उपहार वितरण गरेका थिए ।

कर्पोरेट संस्थाहरुका बीचमा अन्तरसम्बन्ध विकास र बिस्तारको उदेश्यसहित पहिलोपटक आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको चौतारी रुपन्देही शाखाका अध्यक्ष लक्ष्मण पौडेलले बताए । प्रतियोगितामा रुपन्देहीका २३ वटा व्यवसायिक तथा सामाजिक संस्थाहरु सहभागी रहेको कार्यक्रम संयोजक दिनेश कुमार श्रेष्ठले बताए ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले स्थापना दिवसको अवसरमा भोली २२ गते रक्त संचार केन्द्र बुटवलमा बिहान ८ बजे रक्तदान कार्यक्रमको आयोजना गरेको हुदाँ सम्पूर्ण रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन कार्यक्रम संयोजक स्वस्तिक श्रेष्ठले आग्रह गरेका छन ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको