४ पुस २०८२, शुक्रबार | December 19, 2025

ख्वप विश्वविद्यालय विधेयक संसद्मा पेस हुँदै



भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक चाँडै संसद्मा पेस गर्ने तयारी भइरहेको बताएका छन् ।

आज भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयका रुपमा सञ्चालन हुने गरी ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ संसद्बाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन माग गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्व टोलीले बुझाएको अनुरोधपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

हिउँदे अधिवेशनको पहिलो प्राथमिकतामा ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारीमा मन्त्रालय अग्रसर रहेको भन्दै मन्त्री राईले विभिन्न विज्ञहरुसँग छलफल गरी मन्त्रालयले ख्वप विश्वविद्यालयको विधेयक पेस गर्ने तयारी गरिरहेको बताए ।

त्यस क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इञ्जिनियरिङ र २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी ती कलेजमा देशभरका सात हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको मन्त्री राईलाई जानकारी गराउँदै ख्वप विश्वविद्यालय विधेयक स्वीकृत भएमा जनतालाई फाइदा हुने बताए ।

नगरप्रमुख प्रजापतिले शिक्षा मन्त्रालयबाट ख्वप विश्वविद्यालय सम्बन्धी समिति गठन भइसकेको हुँदा आवश्यक प्रक्रिया पु¥याई भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयका रुपमा सञ्चालन हुने गरी ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ संसद्बाट पारित गर्ने प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरे ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको