८ चैत्र २०८२, आइतबार | March 22, 2026

ख्वप विश्वविद्यालय विधेयक संसद्मा पेस हुँदै



भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक चाँडै संसद्मा पेस गर्ने तयारी भइरहेको बताएका छन् ।

आज भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयका रुपमा सञ्चालन हुने गरी ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ संसद्बाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन माग गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्व टोलीले बुझाएको अनुरोधपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

हिउँदे अधिवेशनको पहिलो प्राथमिकतामा ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारीमा मन्त्रालय अग्रसर रहेको भन्दै मन्त्री राईले विभिन्न विज्ञहरुसँग छलफल गरी मन्त्रालयले ख्वप विश्वविद्यालयको विधेयक पेस गर्ने तयारी गरिरहेको बताए ।

त्यस क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इञ्जिनियरिङ र २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी ती कलेजमा देशभरका सात हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको मन्त्री राईलाई जानकारी गराउँदै ख्वप विश्वविद्यालय विधेयक स्वीकृत भएमा जनतालाई फाइदा हुने बताए ।

नगरप्रमुख प्रजापतिले शिक्षा मन्त्रालयबाट ख्वप विश्वविद्यालय सम्बन्धी समिति गठन भइसकेको हुँदा आवश्यक प्रक्रिया पु¥याई भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयका रुपमा सञ्चालन हुने गरी ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ संसद्बाट पारित गर्ने प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरे ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ४३ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।