३ पुस २०८२, बिहिबार | December 18, 2025

भारी हिमपात र आँधी चलेपछि क्यालिफोर्नियामा आपतकाल घोषणा



क्यालिफोर्निया । अमेरिकामा हिउँदे आँधीका कारण जनजीवन अस्तब्यस्त भएको छ । जसअनुसार क्यालिफोर्निया गभर्नर गेभिन न्यूजमले दक्षिणी क्यालिफोर्नियाका आठ काउन्टीहरूको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार हिउँदको आँधीले राज्यको धेरै भागमा उच्च हावा, क्षति पुर्‍याउने वर्षा र भारी हिमपातको साथ प्रभाव पार्न थाले पछि राज्य सरकारले यो निर्णय लिएको हो ।

सो घोषणा अनुसार लस एन्जलस, ओरेन्ज, रिभरसाइड, सान बर्नार्डिनो, सान डिएगो, सान लुइस ओबिस्पो, सान्ता बारबरा र भेन्टुरा काउन्टीहरू समावेश रहेका छन ।

आपतकालिन घोषणा अनुसार क्यालिफोर्निया नेश्नल गार्डलाइ जानकारी गराएको खण्डमा प्रभावित बासिन्दाहरूलाई बेरोजगारी लाभहरू सहज बनाउने र आँधीबाट हुन सक्ने क्षतिको मर्मत गर्न सजिलो बनाउने जनाइएको छ ।

‘क्यालिफोर्नियामा यो खतरनाक र सम्भावित जीवनलाई खतरामा पार्ने प्रभावहरूको साथ एक गम्भीर आँधी हो। कृपया स्थानीय अधिकारीहरूबाट कुनै पनि आपतकालीन आदेश वा अलर्टहरूमा ध्यान दिनुहोस् । क्यालिफोर्निया यस आँधीको प्रभावलाई प्रतिक्रिया दिन जमिनमा आपतकालीन सम्पत्तिहरूको रेकर्ड संख्याको साथ तयार छ,’ गभर्नर न्यूजमले भनेका छन ।

सो घोषणा अघि गभर्नरले आँधी र राज्यको प्रतिक्रिया अद्यावधिकको लागि साक्रामेन्टो नजिकैको राज्य सञ्चालन केन्द्रको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : ३४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन