२८ मंसिर २०८२, आइतबार | December 15, 2025

यू-१९ नेपाली टोली विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो



काठमाडाैं । दक्षिण अफ्रिकामा यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्सबाट बाहिरिएको नेपालको क्रिकेट टोली सोमबार स्वदेश फर्किएको हो ।

नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेक फर्किएपछि कप्तान देव खनालले व्याटिङमा सोचेजस्तो राम्रो हुन नसकेको बताए । उनले यू-१९ विश्वकप क्रिकेटलाई अनुभवको रुपमा लिएको र धेरै कुरा सिक्ने मौका पाएको बताए ।

त्यस्तै अलराउन्डर गुलशन झाले सोचेजस्तो खेल भएपनि नजिता भने आफ्नो पक्षमा पार्न असफल भएको जिकिर गरे । उनले बलिङको तुलनामा व्याटिङमा मेहनत गर्नुपर्ने देखिएको धारणा राखे ।

त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले टेष्ट मुलुकसंगको खेलहरु नेपालका लागि ठूलो अनुभव भएको बताए । प्रतियोगीताभर नेपाली समर्थकको पनि धेरै साथ पाएको उनले बताए ।

समूह चरणमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजितसँग पराजित भएपनि अफगानिस्तानलाई भने पराजित गर्दै सुपर सिक्समा पुगेको थियो । तर सुपर सिक्समा बंगलादेश र भारत पराजित भएपछि नेपाल प्रतियोगीताबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : ५३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर