३१ भदौ २०८३, बुधबार | September 16, 2026

नेप्से परिसूचक बढ्यो



काठमाडौं । यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो ।

आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर छ । तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता शेयर ५६ हजार सात सय ७६ पटक किनबेच भएको हो

होटल तथा पर्यटन समूह शून्य दशमलव २०, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०६ र निर्जीवन बीमा समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ६८ प्रतिशतले बढेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ७८ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु १८ करोड ५९ लाख पाँच हजार १४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी पावर लिमिटेडको चार लाख ४७ हजार छ सय ६७ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ३८ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै