२१ भदौ २०८३, आइतबार | September 6, 2026

पटक पटक मापदण्ड विपरित औषधि उत्पादन गर्ने लोमसको ‘ओनो सिरप’ पनि बिक्रीगर्न प्रतिबन्ध



काठमाडौं । पटक पटक मापदण्ड विपरित औषधि उत्पादन गर्ने एक औषधि कम्पनीलाई औषधि व्यवस्था विभागले मापदण्ड विपरितका औषधि बिक्री वितरणमा रोक लगाएको छ । केहीदिन अगाडी मापदण्ड विपरितको प्यारासिटामोल उत्पादन गरेको लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप नाम गरेको औषधि पनि मापदण्ड विपरितको पाइएपछि औषधि व्यवस्था विभागले बिक्रीमा रोक लगाएको हो ।

ओनो सिरप नामको औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको विभागको सूचनामा उल्लेख छ ।

बजार अनुगमनका क्रममा ल्याइएको ओएलएसओ-१२३ ब्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालाम परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको विभागले जनाएको छ । परीक्षणमा मापदण्ड अनुसार नभएकै कारण सो औषधि बिक्रीमा रोक लगाइएको हो ।

उक्त औषधि वाकवाकी र उल्टीको रोकथामका लागि प्रयोग गरिन्छ । विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन (प्यारासिटामोल) ट्यावलेटको सीटी – २०२३ ब्याचको औषधि पनि ‘डज नट कम्प्लाइ’ भन्दै बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको थियो ।

विभागले ओनो सिरपको ‘लिकेज’को सम्वन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुनका लागि समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : ०९ बजे

भोटेकोशी बाढी : रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा । नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका

एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज

गोरखामा बाढीले पुलसहित तीन घर बगायो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ नामरुङमा आएको बाढीले पुलसहित तीनवटा

नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै

काठमाडौं । अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति