११ चैत्र २०८२, बुधबार | March 25, 2026

सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले मनायो २६ औं वार्षिक उत्सव



बुटवल । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले २६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सव समारोहको अवसरमा देशभर शाखाहरुमा रक्तदान, सरसफाइ विविध कार्यक्रम गरि मनाएको हो ।

वार्षिकोत्सवलाई बुटवल शाखामा एक कार्यक्रमका बिच पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेल, प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालले संयुक्त रुपमा केक काटेर शुभकामना आदानप्रदान गरि मनाएको हो ।

कार्यक्रममा पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेलले ससाना लगानीबाट आर्थिक समृद्धि हुन्छ भन्ने उदाहरण सिद्धार्थ ग्रुपले दिन सफल भएको बताए । विदेशमा सिकेको सीपलाई स्वदेशमा फर्किएर सेवा उद्योगबाट राम्रो नाम र दाम कमाउन सफल भएको र अन्तराष्ट्रिय पहिचानमा जान सफल भएको उनले बताए ।

कार्यक्रममा शाखाका म्यानेजर केशवराज बश्यालले स्थापना दिवसको अवसर पारेर एक महिनासम्म २० प्रतिशत खानामा छुटका साथै सहुलियत दरमा आवासको ब्यवस्था गरिएको बताए । ग्रुपको सिद्धार्थ भिलासा भैरहवा र बनबास भिलासा चितवनमा गरि दुई वटा सुविधासम्पन्न पाचतारे होटल, नेपालगंज र काठमाडौंमा बौद्ध बुटिक गरि दुई वटा ४ तारेमा सहित देशभर ३२ वटा शाखाहरुबाट सेवा दिईरहेको छ ।

पर्यटनसंग जोडिएको ग्रुपको आफनै पाथिल होलिडे ट्राभल एजेन्सी, होटल ब्यवस्थापन अध्ययापन गराउने सिद्धार्थ ईन्टिच्युट, आईटि टेक्नोलोजीको सार्भा टेक्नोलोजी र हस्पिटालिटि क्षेत्रमा चाहिने कृषि मागलाई पुरा गर्ने गरि धेरै विधाहरुमा जोडिएको उनले बताए । सात वटै प्रदेशमा पाचतारे खोल्ने लक्ष्य रहेको उनले बताए । हाल ग्रुपबाट १ हजार पाच सय कर्मचारीलाई रोजगार दिन सफल भएको छ । मल्टिपर्पोज कम्पनीका रुपमा संचालनमा ग्रुप निकट भविष्यमा भारतमा समेत सेवा दिने गरि जोड्ने अभियान थालेको उनले बताए ।

कार्यक्रममा एजुकेटिभ सेफ केशव अर्यालले मिठो खानाका परिकारका कारण छुट्टै पहिचान बनाउन सफल भएको बताए । बुटवलस्थित सिद्धार्थ कटेजमा १६ वटा रुम, ५ सय प्लसको देवदह हल, ३ सय प्लसका लुम्बिनी र रारा गरि दुई हल, ५ वटा प्राईभेट डाईनिङ रुम, ३ वटा कटेज र १ रेष्टुरेन्ट र बार रहेको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ०१ बजे

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत