७ पुस २०८२, सोमबार | December 22, 2025

मानव अधिकार पुरस्कार राजभण्डारी र माहुरी होमलाई



काठमाडौं । मानव अधिकार पुरस्कार, २०८० मानव अधिकार व्यक्तित्वतर्फ डा रेणु राजभण्डारी र संस्थातर्फ मधेस मानव अधिकार गृह (माहुरी होम)लाई प्रदान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मानव अधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनका क्षेत्रमा योगदान पु¥याउन सफल डा भण्डारी र माहुरी होमका रविन्द्रनाथ ठाकुरलाई उक्त पुरस्कार प्रदान गरे । दुवैजनालाई जनही रु एक लाख ११ हजार एक सय ११ सहित सम्मानपत्र प्रदान गरिएको छ ।

सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ५०औँ वर्षलाई मानव अधिकार वर्षको रुपमा मनाउने गरी संयुक्त राष्ट्र सङ्घले गरेको निर्णयअनुसार नेपालमा पनि मानव अधिकार वर्ष मनाउन थालिएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मानव अधिकारबिना मानवीय मर्यादा, मूल्य मान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थतालाई नेपाल सरकारले स्वीकार गरी मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनलाई उच्च प्राथमिकता प्रदान गरेको बताए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकारसम्बन्धी दस्तावेजबाट सृजित दायित्वको परिपालना गर्दै मानव अधिकारको सम्मान, संरक्षण तथा सम्बद्र्धनलाई संस्कारको रुपमा विकास गर्ने जिम्मेवारी सबैको साझा विषय भएको बताए ।

पुरस्कृत व्यक्तित्व डा राजभण्डारी र ठाकुरले मानव अधिकार पुरस्कारबाट सम्मानित हुन पाएकामा खुसी व्यक्त गर्दै पुरस्कारले मानव अधिकारको क्षेत्रमा थप सक्रिय भई कार्य गर्न हौसला प्रदान गरेको बताए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : ४२ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत