१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

मानव अधिकार पुरस्कार राजभण्डारी र माहुरी होमलाई



काठमाडौं । मानव अधिकार पुरस्कार, २०८० मानव अधिकार व्यक्तित्वतर्फ डा रेणु राजभण्डारी र संस्थातर्फ मधेस मानव अधिकार गृह (माहुरी होम)लाई प्रदान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मानव अधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनका क्षेत्रमा योगदान पु¥याउन सफल डा भण्डारी र माहुरी होमका रविन्द्रनाथ ठाकुरलाई उक्त पुरस्कार प्रदान गरे । दुवैजनालाई जनही रु एक लाख ११ हजार एक सय ११ सहित सम्मानपत्र प्रदान गरिएको छ ।

सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ५०औँ वर्षलाई मानव अधिकार वर्षको रुपमा मनाउने गरी संयुक्त राष्ट्र सङ्घले गरेको निर्णयअनुसार नेपालमा पनि मानव अधिकार वर्ष मनाउन थालिएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मानव अधिकारबिना मानवीय मर्यादा, मूल्य मान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थतालाई नेपाल सरकारले स्वीकार गरी मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनलाई उच्च प्राथमिकता प्रदान गरेको बताए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकारसम्बन्धी दस्तावेजबाट सृजित दायित्वको परिपालना गर्दै मानव अधिकारको सम्मान, संरक्षण तथा सम्बद्र्धनलाई संस्कारको रुपमा विकास गर्ने जिम्मेवारी सबैको साझा विषय भएको बताए ।

पुरस्कृत व्यक्तित्व डा राजभण्डारी र ठाकुरले मानव अधिकार पुरस्कारबाट सम्मानित हुन पाएकामा खुसी व्यक्त गर्दै पुरस्कारले मानव अधिकारको क्षेत्रमा थप सक्रिय भई कार्य गर्न हौसला प्रदान गरेको बताए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : ४२ बजे

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ