१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

सञ्चारमैत्री विधेयक ल्याउन महासङ्घको माग



काठमाडौं । नेपाल पत्रकार महासङ्घले सञ्चार सम्वद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र अभ्यासको आधारमा अघि बढाउन सरकारसँग माग गरेको छ । महासङ्घका पदाधिकारी तथा सदस्यको बैठकले सरकारले संसद्को चालू अधिवेशनमा सञ्चार विधेयक प्रस्तुत गर्ने तयारी गरेको विषयलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

विधेयक पेश गरिँदा महासङ्घसहितका सरोकारवाला पक्षसँगको व्यापक छलफल र परामर्श गरेर संसदीय प्रक्रियामा लैजान महासङ्घले माग गरेको छ । समग्र सञ्चार क्षेत्र नै आर्थिक सङ्कटमा परेको वर्तमान अवस्थामा सञ्चार क्षेत्रलाई सङ्रक्षण गर्ने नीति अवलम्बन गर्दै लोककल्याणकारी विज्ञापनको वृद्धि, समानुपातिक विज्ञापनको वितरण, सञ्चारमैत्री वातावरण निर्माण गर्न र न्यू मिडियालाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन वितरण गर्न पनि माग गरिएको छ ।

बैठकले महासङ्घको २७औँ महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारी तीब्रताका साथ अघि बढाउँदै केन्द्रीय समितिको बैठक यथाशीघ्र बोलाउने निणर्य गरेको छ । बैठकले महाधिवेशनको प्रयोजनका लागि सदस्यतासहित शाखा, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने आवश्यक तयारी अघि बढाउने निणर्य गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १० : ३० बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक