१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सिएमसी चितवनमा लुम्बिनीका बिरामीलाई सुविधा



बुटवल । लुम्बिनी प्रदेशका अर्बुद (क्यान्सर) रोगका बिरामीले चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा उपचार गर्दा रु दुई लाखको निःशुल्क सुविधा पाउने भएका छन् । चितवन मेडिकल कलेज र लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयबीच यससम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरी र अस्पतालको तर्फबाट वरिष्ठ व्यवस्थापक पारस अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लुम्बिनी प्रदेशका नागरिकले चितवन मेडिकल कलेजमा अर्बुद रोगको उपचार गर्दा रु दुई लाख बराबरको निःशुल्क सुविधा पाउने छन् । बिरामीको उपचारको सोधभर्ना निर्देशनालयले दिने वरिष्ठ व्यवस्थापक अधिकारीले बताए ।

प्रदेशले ‘प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा प्रमाणपत्र’ उपलब्ध गराउने छ । सोही प्रमाणपत्रका आधारमा सिएमसिले निःशुल्क सुविधा दिने सम्झौतामा उल्लेख छ । अस्पतालका सामाजिक सुरक्षा एकाइका अमृत काफ्लेका अनुसार अर्बुदका बिरामीले सङ्घीय सरकारबाट रु एक लाख बराबरको निःशुल्क सुविधा पाउने छन् भने लुम्बिनीका बिरामीले सङ्घीय र प्रदेशका गरी रु तीन लाख बराबरको निःशुल्क उपचार सुविधा पाउने छन् ।

चितवन मेडिकल कलेजले एक सय शय्याको सुविधासम्पन्न सिएमसी क्यान्सर इन्स्टिच्यूट सञ्चालन गरेको छ । आधुनिक उपकरण र दक्ष जनशक्तिसहित सञ्चालित उक्त इन्स्टिच्युटमा बिरामीले सहजरुपमा अर्बुद रोगको उपचार पाउँदै आएका छन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १० : ०० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान