१९ बैशाख २०८१, बुधबार | May 1, 2024

८७८ दिन १२ घण्टा अन्तरिक्षमा बसेर नयाँ कीर्तिमान



मस्को । रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस हालैका केही अन्तरिक्ष अभियानहरूमा असफल भएको छ तर आज पनि यो यस क्षेत्रमा ठूलो खेलाडी हो भन्ने पुनः पुष्टी भएको छ ।

रूसको रोस्कोसमोस अन्तरिक्ष यात्रीले अन्तरिक्षमा सबैभन्दा लामो समय बसेर नयाँ कीर्तिमान बनाएका छन् र आफ्ना एक सहकर्मीको अघिल्लो रेकर्ड तोडेका छन् । जानकारीका अनुसार रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को सबैभन्दा लामो समय अन्तरिक्षमा बस्ने यात्रु बनेका छन् ।

यसअघि ५९ वर्षीय ओलेगले ८७८ दिन १२ घण्टाभन्दा बढी अन्तरिक्षमा बिताएर यो रेकर्ड कायम गरेका हुन । उनका सहकर्मी गेन्नाडी पडल्काले सन् २०१५ मा ८७८ दिन ११ घण्टा २९ मिनेट ४८ सेकेण्ड अन्तरिक्षमा बसेर कीर्तिमान बनाएका थिए, जुन अहिले तोडिएको छ ।

तर, ओलेग कोनोनेन्कोले यो कीर्तिमान आफ्नो एक अन्तरिक्ष यात्रामा नभई सन् २००८ देखि ५ वटा अन्तरिक्ष यात्रामा बनाएका हुन । यो उल्लेखनीय छ कि रसिया र अमेरिका लगायत अन्य देशका अन्तरिक्ष यात्रीहरू पृथ्वीबाट ४०० किलोमिटर माथि रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा रहन जाने गर्छन् र त्यहीँ बसेर अन्तरिक्ष अभियान पूरा गर्छन् ।

पेशाले इन्जिनियर ओलेगले रुसको सरकारी समाचार एजेन्सी तासलाई भने कि आइएसएसको निरन्तर स्तरोन्नतिको कारणले आइएसएसको प्रत्येक यात्रा सावधानीपूर्वक तयारी आवश्यक छ । उनले आफूलाई अन्तरिक्षमा उड्न मन लागेको बताए । कीर्तिमान बनाउने उद्देश्यले उनी त्यहाँ गएका भने होइनन । ओलेगले भने कि उनी बाल्यकालदेखि नै अन्तरिक्ष यात्री बन्न चाहन्थे ।

ओलेग कोनेनेंको पछिल्लो यात्रा १५ सेप्टेम्बर २०२३ मा उडान भरेका छन । नासाका अन्तरिक्ष यात्री लोरल ओहारा र उनका सहकर्मी निकोलाई चुबसँग उडान भरेका हुन । अब उनी फर्किएपछि अन्तरिक्षमा १ हजार दिन पूरा गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : ४२ बजे

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

काठमाडौं । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य

अन्तर्राष्ट्रिय श्रमिक दिवस : घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

तनहुँ । व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य