४ पुस २०८२, शुक्रबार | December 19, 2025

पुनम पाण्डे भारत सरकारको ‘सर्बाइकल क्यान्सर’ को ब्रान्ड एम्बेस्डर बन्न सक्ने



मुम्बई । अभिनेत्री तथा मोडल पुनम पाण्डे सरकारको पाठेघरको मुखको क्यान्सर अभियानको ब्रान्ड एम्बेस्डर बन्ने देखिएको छ । पछिल्ला केही दिनदेखि आफ्नो मृत्युको अफवाह फैलाएर चर्चामा रहेकी पाण्डे सर्वाइकल क्यान्सरको बारेमा जनचेतना फैलाउनका लागि भारत सरकारको ब्रान्ड एम्बेसडर बन्न सक्ने देखिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यसका लागि अभिनेत्री पुनम पाण्डे र उनको टोलीले केन्द्रीय स्वास्थ्य मन्त्रालयसँग कुराकानी गरिरहेको छ । पूनम पाण्डे पाठेघरको मुखको क्यान्सर सम्बन्धी सरकारले चलिरहेको सचेतना कार्यक्रमको ब्रान्ड एम्बेसडर बन्न सक्ने भएको उनीहरूले लेखेका छन् ।

वास्तवमा यस महिनाको सुरुमा पाण्डेको पीआर टोलीले उनको आधिकारिक इन्स्टाग्राम खाताबाट अभिनेत्रीको मृत्युको गलत समाचार पोस्ट गरेको थियो। पोस्टमा भनिएको थियो कि अभिनेत्रीको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको हो ।

बिरामी भएर एक्कासी निधन भएको खबरले सबैलाई चकित बनाएको थियो । तर भोलिपल्टै यो खबर झुटो भएको खुलासा भयो र जब पुनमले नै पाठेघरको मुखको क्यान्सरबारे जनचेतना फैलाउन यो स्टन्ट गरेकी बताइन ।

फेब्रुअरी ३ मा पुनम पाण्डेले भिडियो पोस्ट गरेर आफू जीवित रहेको जानकारी दिएकी थिइन् । उनले भनिन्, ‘म यो गर्न बाध्य महसुस गर्छु । म तपाईहरू सबैसँग केही महत्त्वपूर्ण कुराहरू साझा गर्दैछु, म यहाँ छु, जीवित छु । पाठेघरको मुखको क्यान्सरले मलाई मारेको छैन तर यो रोगसँग कसरी लड्ने भन्ने जानकारी नहुँदा हजारौं महिलाको ज्यान लिइसकेको छ ।’

पुनमले अगाडी भनेकी थिइन, ‘अन्य क्यान्सरजस्तै पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । महत्त्वपूर्ण कुरा यो हो कि यसका लागि एचपीभी भ्याक्सिन र प्रारम्भिक पहिचान परीक्षणहरू छन् । यो रोगबाट कसैको मृत्यु नहोस् भन्ने सुनिश्चित गर्ने उपाय हामीसँग छ ।’ पूनमले पाठेघरको मुखको क्यान्सरबारे मानिसहरूलाई सचेत गराउन आफूले मृत्युको नक्कली गरेको बताएकी थिइन् । त्यसपछि उनी निकै चर्चामा आएकी थिइन ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ८ : १७ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१