७ पुस २०८२, सोमबार | December 22, 2025

एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको माला



रौतहट । रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १० औ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा अध्यक्ष ओलीले कार्यक्रमको उद्घाटन गरेका छन्।

उनलाई आयोजक एमाले जिल्ला कमिटी रौतहटले १०१ किलोको माला लगाएर स्वागत गरेको हो। गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औ जिल्ला अधिवेशन हुँदै छ । अधिवेसनमा ओली संगै केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई,अर्का केन्द्रिय सचिब तथा कोशी प्रदेश ईन्चार्ज रघवीर महासेठ लगायतको उपस्थिति थियो ।

नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा स्वागत जिल्ला संयोजक सच्चिदानन्द साहले स्वागत मन्तब्य राखेका थिए। हालसम्म केन्द्रिय सदस्य उदव रेग्मी, अजयकुमार गुप्ता, लेखा आयोग सदस्य राजकिशोर यादव, प्रदेश सहसचिव आरती भण्डारी, प्रदेश कमिटी सदस्य रामजी साह,लगायतका वक्ताहरुले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलाई गद्दारको संज्ञा दिएका छन।

त्यसैगरी श्रीराम सुगर मिल्स सञ्चालनको माग गरेका थिए। वक्ताको रुपमा पार्टी केन्द्रिय सदस्य पुरुषोतम पौडेलले सम्बोधन गर्दै छन्।

भोलिसम्म चल्ने अधिवेशनले रौतहटमा नया जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागी चारजनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानिय नेताहरुले बताएका छन ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ३ : ४५ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८