१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

किर्लोस्कर इन्जिन आयल अब नेपाली बजारमा



काठमाडौं । नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रूपमा भित्रिएको छ । बुधबार एक कार्यक्रमका बिच सो इन्जिन आयल लन्च गरियो । नेपालका लागि आधिकारिक वितरकको रूपमा आदिशक्ति ग्लोबल ट्रेडर्सले सो इन्जिन आयल भित्र्याएको हो ।

किर्लोस्कर आयल इन्जिन्सद्वारा भारतमा उत्पादित किलोस्कर इन्जिन आयल लन्चिङ समारोहमा कम्पनीका प्रतिनिधि तथा नेपाली व्यवसायीहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा किर्लोस्कर आयल इन्जिन्सका रिटेल एन्ड डिस्ट्रिब्युसन हेड सुनिल कुमार साहुले इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए ।

सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन आफूहरू प्रतिबद्ध भएको उनले बताए । सो अवसरमा किर्लोस्कर आयल इन्जिन्सका जोनल म्यानेजर चिन्मय नायक र नेसनल स्पेयर हेड अर्सित रतुरीले ग्राहकमा आत्म विश्वास जागृत गर्न र ढुक्कका साथ बिक्री पछिको सेवा उपलब्ध गराउन आफूहरू तत्पर रहेको बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का सल्लाहकार माधवप्रसाद पाण्डे र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर कुँवरले गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको र यस्ता उत्पादनलाई नेपाली व्यवसायी र मेकानिक्सहरुले सदैव स्वागत गर्ने बताए ।

आदिशक्ति ट्रेड लिंकका डाइरेक्टर पुरुषोत्तम पौडेल र बिजनेस हेड खगेन्द्र श्रेष्ठले इन्जिन आयल व्यवसायको लामो अनुभवका आधारमा विश्वकै गुणस्तरीय तथा कहलिएको ब्रान्ड भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै सबै व्यवसायीबाट सहयोगको अपेक्षा गरे ।

भारतको १३५ वर्ष पुरानो प्रतिष्ठित कम्पनीद्वारा उत्पादित किर्लोस्कर ब्रान्डका इन्जिन आयल, गियर आयल, इन्डष्ट्रियल आयल, हाइड्रोलिक आयल, ट्रान्समिसन आयल आदि नेपाली बजारमा उपलब्ध हुनेछन् ।

टु ह्विलर, फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिन्छ । किर्लोस्करका इन्ट्रा सिरिज, एक्स-होरा आदि बढी लोकप्रिय मोडल हुन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : १४ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’