२३ चैत्र २०८२, सोमबार | April 6, 2026

चलचित्र ‘गोर्खा वारियर’ को टिम बुटवलमा, फागुन ११ गतेबाट देशभर प्रर्दशन हुदैं



बुटवल । निर्देशक मिलन चाम्सले नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको चलचित्र ‘गोर्खा वारियर’ लिएर आएका छन । फागुन ११ गतेदेखि प्रर्दशनमा आउन लागेको सो चलचित्रको प्रचारका लागि गोर्खा वारियरको टिम अहिले देश दौडाहामा निस्किएका छन ।

उनीसहितको टिमले बिहिबार बुटवलमा पत्रकारसंग भेटघाट गर्दै साढे ३ वर्ष लगाएर बनाएको ‘गोर्खा वारियर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए । फिल्ममा मुख्य नायकमा नयाँ अनुहार रितेश चाम्सले डेब्यु गरेका छन् । बेलायत निवासी उनी पेशाले ‘पाइलट’ हुन् ।

फिल्ममा रितेशलाई लिनुको कारण चरित्रको माग रहेको निर्देशक मिलन चाम्सको जिकिर छ । उनी भन्छन्, ‘फिल्म हेरेपछि रितेश चाम्स नै चाहिने रहेछ भन्ने प्रष्ट हुन्छ । रितेश जति दुःख गर्ने कलाकार नेपाली फिल्ममा कमै छन् । वार जनराको फिल्ममा एउटा सैनिकको भूमिका एउटा ‘मुभमेन्ट’ले थाहा हुन्छ । बन्दुक बोक्ने शैलीले नै ऊ सैनिक हो या हैन भन्ने बुझिन्छ । त्यसका लागि ‘ट्रेनिङ’ प्राप्त हुनुपर्छ ।’ सैनिकको भूमिकाका लागि ‘ट्रेनिङ’ लिन सक्ने धैर्यता नेपाली नायकमा नरहेको भन्दै मिलनले कटाक्ष गरेका छन् । कति कलाकार सुटिङ भैरहँदा ‘वासरुम’मा गएर हराउने गरेको उनले अनुभव सुनाए । वार जनराको फिल्ममा सबै कलाकारले न्याय गर्न नसक्ने पनि उनको दाबी छ । फिल्मका लागि रितेश एकमात्र रोजाई रहेको र उनको अभिनयबाट आफू प्रभावित भएको चाम्सले बताए ।

हाल प्रमोशनका लागि देश दौडाहामा रहेको फिल्ममा रितेशका साथै विजय लामा, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई आदिको पनि अभिनय रहेको छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी ‘जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा फिल्म आधारित छ । गत हप्ता सार्वजनिक गरिएको ट्रेलरपछि फिल्मको चर्चा चुलिँदो छ । मोफसल दौडाहामा फिल्म ‘गोर्खा वारियर’ चितवन, हेटौडा, पोखरा, बुटवल लगायतका शहरका दर्शक भेट्ने र काठमाण्डौ फर्किने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ३६ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव