२० मंसिर २०८२, शनिबार | December 6, 2025

चलचित्र ‘गोर्खा वारियर’ को टिम बुटवलमा, फागुन ११ गतेबाट देशभर प्रर्दशन हुदैं



बुटवल । निर्देशक मिलन चाम्सले नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको चलचित्र ‘गोर्खा वारियर’ लिएर आएका छन । फागुन ११ गतेदेखि प्रर्दशनमा आउन लागेको सो चलचित्रको प्रचारका लागि गोर्खा वारियरको टिम अहिले देश दौडाहामा निस्किएका छन ।

उनीसहितको टिमले बिहिबार बुटवलमा पत्रकारसंग भेटघाट गर्दै साढे ३ वर्ष लगाएर बनाएको ‘गोर्खा वारियर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए । फिल्ममा मुख्य नायकमा नयाँ अनुहार रितेश चाम्सले डेब्यु गरेका छन् । बेलायत निवासी उनी पेशाले ‘पाइलट’ हुन् ।

फिल्ममा रितेशलाई लिनुको कारण चरित्रको माग रहेको निर्देशक मिलन चाम्सको जिकिर छ । उनी भन्छन्, ‘फिल्म हेरेपछि रितेश चाम्स नै चाहिने रहेछ भन्ने प्रष्ट हुन्छ । रितेश जति दुःख गर्ने कलाकार नेपाली फिल्ममा कमै छन् । वार जनराको फिल्ममा एउटा सैनिकको भूमिका एउटा ‘मुभमेन्ट’ले थाहा हुन्छ । बन्दुक बोक्ने शैलीले नै ऊ सैनिक हो या हैन भन्ने बुझिन्छ । त्यसका लागि ‘ट्रेनिङ’ प्राप्त हुनुपर्छ ।’ सैनिकको भूमिकाका लागि ‘ट्रेनिङ’ लिन सक्ने धैर्यता नेपाली नायकमा नरहेको भन्दै मिलनले कटाक्ष गरेका छन् । कति कलाकार सुटिङ भैरहँदा ‘वासरुम’मा गएर हराउने गरेको उनले अनुभव सुनाए । वार जनराको फिल्ममा सबै कलाकारले न्याय गर्न नसक्ने पनि उनको दाबी छ । फिल्मका लागि रितेश एकमात्र रोजाई रहेको र उनको अभिनयबाट आफू प्रभावित भएको चाम्सले बताए ।

हाल प्रमोशनका लागि देश दौडाहामा रहेको फिल्ममा रितेशका साथै विजय लामा, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई आदिको पनि अभिनय रहेको छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी ‘जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा फिल्म आधारित छ । गत हप्ता सार्वजनिक गरिएको ट्रेलरपछि फिल्मको चर्चा चुलिँदो छ । मोफसल दौडाहामा फिल्म ‘गोर्खा वारियर’ चितवन, हेटौडा, पोखरा, बुटवल लगायतका शहरका दर्शक भेट्ने र काठमाण्डौ फर्किने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ३६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति