२० मंसिर २०८२, शनिबार | December 6, 2025

फ्राइडे रिलिज : दयाहाङ राईको मुख्य भूमिका रहेको ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शन



काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा सिनेमा रिलिज भएका छन् । ‘दयारानी’ र ‘हात्तीछाप’ आजबाट प्रदर्शनमा आएका हुन् । ‘दयारानी’ माओत्से गुरुङले निर्देशन गरेको हो भने ‘हात्तीछाप’ लाई सिमोस सुनुवारको निर्देशन गरेको चलचित्र हो ।

‘दयारानी’मा दयाहाङ राई मुख्य भूमिकामा छन् । उनको अपोजिटमा दीया पुन छिन् । विजय बराल, पुस्कर गुरुङलगायत कलाकार पनि मुख्य भूमिकामा छन् । यो सिनेमाका लेखक पनि निर्देशक स्वयं हुन् । माओत्सेको यो डेब्यु निर्देशन हो ।

‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङलगायत कलाकार छन् । चलचित्रमा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

चलचित्र ‘दयारानी’ मल्टिप्लेक्समा ११३ शोज पाएको छ । यही बाहेक सिंगल थिएटरमा पनि यो चलचित्रले राम्रै शोज पाएको छ । चलचित्र ‘हात्तीछाप’ले देशभरका मल्टिप्लेक्स १६४ शोज पाएको छ । यसबाहेक सिंगल थिएटरमा पनि सिनेमाले राम्रै शोज पाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ५२ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति