२२ भदौ २०८३, सोमबार | September 7, 2026

फ्राइडे रिलिज : दयाहाङ राईको मुख्य भूमिका रहेको ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शन



काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा सिनेमा रिलिज भएका छन् । ‘दयारानी’ र ‘हात्तीछाप’ आजबाट प्रदर्शनमा आएका हुन् । ‘दयारानी’ माओत्से गुरुङले निर्देशन गरेको हो भने ‘हात्तीछाप’ लाई सिमोस सुनुवारको निर्देशन गरेको चलचित्र हो ।

‘दयारानी’मा दयाहाङ राई मुख्य भूमिकामा छन् । उनको अपोजिटमा दीया पुन छिन् । विजय बराल, पुस्कर गुरुङलगायत कलाकार पनि मुख्य भूमिकामा छन् । यो सिनेमाका लेखक पनि निर्देशक स्वयं हुन् । माओत्सेको यो डेब्यु निर्देशन हो ।

‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङलगायत कलाकार छन् । चलचित्रमा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

चलचित्र ‘दयारानी’ मल्टिप्लेक्समा ११३ शोज पाएको छ । यही बाहेक सिंगल थिएटरमा पनि यो चलचित्रले राम्रै शोज पाएको छ । चलचित्र ‘हात्तीछाप’ले देशभरका मल्टिप्लेक्स १६४ शोज पाएको छ । यसबाहेक सिंगल थिएटरमा पनि सिनेमाले राम्रै शोज पाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ५२ बजे

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि