१८ असार २०८३, बिहिबार | July 3, 2026

१७ औं मनम‍ोहन स्मृति फुटबलमा वडा नं ८ र वडा नं ७ विजयी



बुटवल । बुटवलमा जारी १७ औं मनम‍ोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं ८ र वडा नं ७ विजयी भएका छन। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा वडा नं ८ ले वडा नं ९ लाई ३-१ तथा दोस्रो खेलमा वडा नं ७ ले वडा नं १४ लाई ३-० गोलले पराजित गरेको हो।

सिद्धेश्वरी खेलमैदानमा भएको पहिलो खेलमा वडा नं ८ ले वडा नं ९ लाई ३-१ गोल अन्तरले पराजित गरेको छ । वडा नं ८ का निरज थापाले ३५ र ४५ औं मिनेटमा गोल गरेका थिए। यसैगरि प्रविण थापाले ५७ औं मिनेटमा गोल गरेका थिए। वडा नं ९ का प्रविण मगरले २५ औं मिनेटमा सान्त्वना गोल गरेका थिए। खेलमा वडा नं ८ का निरज थापा म्यान अफ द म्याचबाट पुरस्कृत भएको कमिटिका अध्यक्ष गणेश बोहराले बताए। यसैगरि दोस्रो खेलमा वडा नं ७ ले वडा नं १४ लाई ३-० गोल अन्तरले पराजित गरेको छ।

वडा नं ७ को जितमा २८ औं र ६१ मिनेटमा मोहन थापा र ५२ औं मिनेटमा सुजन झिडीले गोल गरेका थिए। खेलमा वडा नं ७ का मोहन थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

शनिबारदेखि दोस्रो चरणका खेलहरु शुरु हुने सचिव राजेन्द्र थापाले बताए । पहिलो खेल बिहान १७ र ११ तथा दोस्रो खेल ६ र ४ का बीचमा हुने उनले बताए।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : १६ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले