१५ माघ २०८२, बिहिबार | January 29, 2026

कांग्रेस सभापति देउवाद्वारा सोनाम ल्होसारको शुभकामना



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।
सभापति देउवाले आज शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नोतर्फबाट शुभकामना दिएका छन् ।

“सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा छन्, सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि छ, यी पर्वले नेपाली समाजमा सामाजिक सद्भाव बढाउँदै आएका छन्”, विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले उक्त पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ३९ बजे

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च