१८ असार २०८३, बिहिबार | July 3, 2026

१७ औं मनमोहन स्मृति फुटबल : वडा नं १७ र ६ विजयी



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं १७ विजयी हुदै सेमीफाईनलमा स्थान बनाएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा वडा नं ११ लाई २-१ गोल अन्तरले स्तब्ध पार्दै वडा नं १७ अन्तिम चारमा स्थान बनाएको हो ।

यसैगरि शनिबार नै भएको दोस्रो खेलमा वडा नं ६ ले वडा नं ४ लाई पराजित गरेको छ । सिद्घेश्वरी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलमा वडा नं ११ का दर्शन बिकले २५ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर वडा नं १७ का सनम परियारले खेलको ४५ औ मिनेटमा बराबरी गोल गरे । ६० औं मिनेटमा वडा नं १७ का सोनु खत्रीले विजयी गोल गरेका थिए ।

खेलमा सनम परियार म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि एकतर्फी दोस्रो खेलमा वडा नं ६ को जितमा बिलाज पुनले खेलको १२ औ, कृष्ण बनियाले २६औ मिनेट र अबेश शाहीले खेलको ५५ औ मिनेटमा गोल गरेका थिए । खेलमा बिलोज पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भएको राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए ।

प्रतियोगिता अन्तरगत आईतबार बिहान पहिलो खेलमा वडा नं ८ र वडा नं १३ तथा दोस्रो खेल दिउँसो वडा नं ७ र १८ का बिचमा हुने संयोजक अमृत भण्डारीले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ४४ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले