२ चैत्र २०८२, सोमबार | March 16, 2026

लुम्बिनी प्रदेशबाट महुवाको रक्सीलाई ब्राण्डिङ गर्ने मुख्यमन्त्री चौधरीको घोषणा



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महुवाको रक्सीलाई ब्राण्डिङ गर्ने प्रदेश सरकारले तयारी गरेको बताउका छन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौँ प्रदेश सधारणसभामा बोल्दै मुख्यमन्त्री चौधरीले दाङ देउखुरीको मौवाको रक्सीलाई स्थानीय वाइनको रुपमा ब्रान्डिङ गरेर विदेशमा सजिलै बिक्री गर्ने आधार रहेको बताए ।

उनले महङ्गा विदेशी रक्सी बेचेर पूँजी पलायन हुनेभएकोले स्थानीय मौवाको रक्सीलाई ब्रान्डिङ गर्ने काममा प्रदेश सरकार लागि परेको जानकारी दिए । मुख्यमन्त्री चौधरीले उद्योग ब्यवसायीले लगाउने गरेको मेला महोत्सवको बिरोध गरे । उनले त्यस्ता मेलाले स्थानीयको आभाष दिन नसकेको आरोप लगाउँदै मेला महोत्सवको नाममा स्थानीय पुँजी बाहिरिने गरेको टिप्पणी गरे । समय समयमा आयोजना गरिने मेला महोत्सवमा स्थानीकरणको आभासै नभएको भन्दै मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रपनि धेरै सुध्रनुपर्ने अवस्थामा रहेको बताए । “हामी मेला महोत्सव लगाउँछौ, बाहिरका कलाकार र व्यापारी बोलाउँछौ, पैसा दिएर पठाउँछौं, अनी यहाँ आर्थिक समृद्धिको नारा लगाउँछौ, सुध्रनुपर्ने नीजी क्षेत्र पनि होइन र ?“उनले व्यवसायीहरुलाई प्रश्न गरे ।

स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पुर्याउने योजनामा प्रदेश सरकार रहेको उनले जानकारी दिए । मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पुर्याउन कार्यमा सहयोग गर्न समेत आग्रह गरे । मुख्यमन्त्री चौधरीले भने, “समृद्ध प्रदेश बनाउने काममा सरकार एक्लैले गर्न सक्दैन, नीजि क्षेत्रले स्थानीय बस्तु तथा सेवा उत्पादन, बजारीकरणमा ध्यान दिन आवश्यक छ, हामीहरुले यहाँको उत्पादन बाहिर बिक्री गर्ने परिपाटी नबनेसम्म प्रदेश समृद्ध र आत्मनिर्भर हुन सक्दैन ।“

प्रदेश सरकारले अब उत्पादनको क्षेत्रमा बढी लगानी गर्ने भन्दै मन्त्री चौधरीले उद्योग, उत्पादन र पर्यटनको क्षेत्र पहचिान गर्ने र त्यहाँको सडक सुधार गर्ने काममा प्रदेश सरकार लागि परेको जानकारी दिए ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी व्यापारीले नीजि क्षेत्र सरकारसँग सहकार्य गरेर प्रदेशमा आर्थिक समृद्धि र आर्थिक शुसासन कायम गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ०३ बजे

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री