२९ भदौ २०८३, सोमबार | September 14, 2026

अक्सफोर्डमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम



बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सुरु गरेको छ । दुईदिनसम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन प्रि-नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम गरेका छन् । उक्त कार्यक्रमको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरिन ।

सो अवसरमा बोल्दै उनले बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्न यस्तै सांस्कृतिक कार्यक्रमको ठुलो भूमिका रहने बताइन् । विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा पनि ठुलो ज्ञान यस्ता अतिरिक्त क्रियाकलापबाट हुने भन्दै संस्कारसहितको शिक्षामा अक्सफोर्डले जोड दिएको उनले प्रसंसा गरिन ।

कर्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरुको सफलता उनीहरुको अंकमा मात्र मापन गर्न नसकिने भन्दै विद्यालय संस्कारसहितको शिक्षालाई अंगीकार गरेको बताए । उनले राजधानी र केही अन्तर्राष्ट्रिय स्कुलसँगको सहकार्यमा विद्यार्थीलाई बढीभन्दा बढी उपयोगी शिक्षा प्रदान गर्न विद्यालयले लागेको भन्दै अभिभावक यसका लागि साथ दिनुपर्ने बताए ।

विद्यालयको एक्लो प्रयासले मात्र विद्यार्थीहरुको संवार्ण विकासमा परिर्वतन ल्याउन नसकिने भन्दै अभिभावकहरुले आफ्ना सन्तानलाई कम तर गुणस्तरीय समय दिनुपर्ने बताए । पछिल्लो समय बालबालिका बढी प्रविधिसँग घुलमिल भइरहेको र त्यसबाट केही नकरात्मक प्रभाव पनि परेको भन्दै अभिभावकले यसमा सहजीकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा कक्षा १ र २ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै विभिन्न सांस्कृतिक, भेषभूषा, रहनसहनसम्बन्धी नृत्य, सचेतनामूलक नाटकसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोस्रो दिन मंगलबार कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमसंगै पुरस्कार वितरण हुने बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : ०० बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ