४ श्रावण २०८२, आइतबार | July 20, 2025

बुटवलमा ‘एक चिहान नाटक’ मञ्चन हुँदै



बुटवल । बुटवलमा एक चिहान नाटकको मञ्चन हुने भएको छ । यही फागुन ३, ४ र ५ गते बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक चिहान नाटकको मञ्चन हुन लागेको हो ।

बुटवल-८ सुख्खानगरस्थित रागश्री संगीतालयको आयोजनामा हुन लागेको मञ्चनको तयारी पूरा भएको संगीतालयका व्यवस्थापन सुरेश सेञ्चुरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हृदयचन्द्र सिंह प्रधानको लेखन रहेको नाटकको निर्देशन नकुल पौडेलको रहेको छ ।

काठमाडौंमा आउने ११ जना र स्थानीय ५ कलाकार गरी नाटकमा कुल १६ कलाकारले विभिन्न भूमिकामा नाटक खेल्नेछन् । कुल ९ लाख खर्च अनुमान गरिएको नाटक मञ्चन दैनिक ३ शो हुने उनले बताए ।

उनका अनुसार प्रत्येक बिहान साढे ८ बजे, १ बजे र ३ बजे नाटक मञ्चन हुनेछ । पाठ्यक्रममा समेत समावेश भएको यो नाटकमा अधिकांश विद्यार्थीहरुको सहभागिता हुने सेञ्चुरीले बताए । नाटक अवलोकनका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ टिकट दर कायम गरिएको छ । व्यवस्थापन सेञ्चुरीले एक चिहान नाटक मञ्चन पछि मोफसलमा पनि नाटक मञ्चन हुन सक्ने सन्देश बाहिर प्रभाव हुने बताए ।

पत्रकार सम्मेलनमा कलाकार बावुराम घिमिरे, संगीतालयका सदस्य माधव भण्डारीलगायतले बोल्दै मोफसलमा हुन थालेको बहुचर्चित नाटकलाई अवलोकनका लागि आउन आग्रह गरे । कार्यक्रम सञ्चारकर्मी छाया पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : ०१ बजे

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम