काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाय घटेको छ। भने चाँदीको भाउ भने स्थिर रहेको छ । आज सुनको भाउ प्रतितोला ३०० रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मैगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो । सोमबार भने सुनको कारोबार स्थिर रहेको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।


















प्रतिक्रिया