२९ माघ २०८२, बिहिबार | February 12, 2026

एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित



काठमाडौं । एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् ।

मलेसियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर दुई सय २७ रन बनायो । दुई सय २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १३ दशमव पाँच ओभरमा मात्र १३ रनमा समेटियो । नेपालका लागि रुबिनाले ५४ बलमा शतक प्रहार गरिन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन ।

यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् । आजको खेलमा रुबिनाले ५९ बलमा १० चौका र पाँच छक्का हानिन् । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान दिइन् । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । यस्तै सीता रानामगरले १५ तथा कविता कुवँले १३ रन बनाइन् ।

बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले तीन तथा नब्बा नासिमले एक विकेट लिइन् ।

माल्दिभ्सलाई मात्र १३ रनमै समेट्ने क्रममा नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक चार विकेट लिइन् । यस्तै पूजा महतो र रुबिना श्रेत्रीले तीन तीन विकेट लिइन् । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुमाया विन्थ अब्दुल हमिदले पाँच तथा नब्बा नासिम र हफसा अब्दुल्लाले दुई दुई रन बनाए ।

लगातार तीन खेल जित्दै प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपाल क्वाटरफाइनमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई आठ आठ विकेटले पराजित गरेको थियो । लगातार तेस्रो खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ३ : ०४ बजे

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा