२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

बुटवलमा रोड टु न्यूजिल्याण्ड कार्यक्रम



बुटवल । एक्सेस एजुकेशन नेटवर्क प्रालिले नेपाली विद्यार्थीलाई लक्षित गरी गन्तव्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गरेको छ । १९ वर्ष अघि स्थापना र काठमाण्डौसहित देशका मुख्य मुख्य शहरहरुमा ७ वटा शाखा रहेको एक्सेस एजुकेशनले नेपाली विद्यार्थीलाई न्यूजिल्याण्ड, अष्टे«लिया, क्यानडा, युके र अमेरिकामा अध्ययनका लागि पठाउन सहजिकरण गर्दै आइरहेको छ ।

एक्सेस एजुकेशनले गत माघ २८ देखि फागुन ५ ९फेब्रुअरी ११ देखि १७० गतेसम्म नेपाली विद्यार्थीका लागि गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गर्न लागेको छ । कार्यक्रम अनुसार एक्सेस एजुकेशन बुटवलले यस क्षेत्रका विद्यार्थीका लागि मंगलबार एकदिने शैक्षिक परामर्श कार्यक्रम गरेको छ ।

प्लसटु, ब्याचलर, मास्टर डिग्री गरेका विद्यार्थीलाई न्यूजिल्याण्डका विभिन्न कलेजका प्रतिनिधिहरुले कलेजमा हुने पढाईको विषयमा आवश्यक जानकारीसहित अध्ययन पश्चात विद्यार्थीले पाउने सेवा सुविधाबारे प्रशिक्षण दिएको एक्सेस बुटवलका प्रवन्ध निर्देशक कमल भुसालले जानकारी गराए ।

विद्यार्थीले कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्ने तथा प्रतिनिधिहरुले विद्यार्थीहरुका जिज्ञासा मेटाउनुका साथै न्युजिल्याण्ड जानुपूर्व र पुगिसकेपछि पालना गर्नुपर्ने प्रक्रियाका विषयमा सहजीकरण गर्नेहुंदा विद्यार्थीले धेरै लाभ लिएको प्रवन्ध निर्देशक भुसालले बताए ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : ५६ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणको काम तिब्र : स्थलगत निरीक्षणमा पुगे पूर्व मुख्यमन्त्री

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगति बारे

रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन

काठमाडौं । प्रतिनिधिसभाको बैठक समयमा शुरु हुन ढिलाई भएको छ

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री  यादव

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता