२९ माघ २०८२, बिहिबार | February 12, 2026

मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान चलाउदै नेपाल जेसीज



बुटवल । नेपाल जेसीजले मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान थालेको छ । नयाँ नेतृत्व चयन भएसंगै नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलको अगुवाइमा नेपालमा ‘मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान’ शुरु भएको हो । जुलाई १० तारिकमा अन्तरास्ट्रिय मानव कर्तब्य दिवस मनाउने गरि सोही दिन संयुक्त राष्ट्रसंघलाई संकलित हस्ताक्षर बुझाइने छ ।

मानव कर्तव्यको उपयोगमा आफ्नो कर्तव्य पुरा गर्दै गर्दा राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताजस्ता कुराहरूलाई समेत मनन गर्नुपर्ने अध्यक्ष पोख्रेलको भनाइ छ ।

विश्वव्यापीरूपमा स्थापित मानव कर्तव्यको सम्मान, संरक्षण तथा सम्वर्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता भए पनि यसको प्रवर्द्धन र कार्यान्वयनका लागि विभिन्न निकायहरूसमेत क्रियाशिल हुन आवश्यक हुने उनको भनाइ छ ।

‘मानिसका प्रकृति, प्रतिष्ठा, आदर्शमा विश्वास गर्ने मत वा सिद्धान्त, मानिसले मानिसप्रति गर्ने राम्रोव्यवहारको सिद्धान्तलाई ख्याल गरी मानव कर्तव्यका लागि हस्ताक्षर सङ्कलन गरिने छ ,गरिबी, अशिक्षा र आर्थिक रुपमा कमजोर भएको हाम्रो जस्तो नेपाली मुलुकमा मानव कर्तव्य जाेगाउन सकारात्मक पहल कदमी गरेका हौँ ।-उनले भने ।

हस्ताक्षरले एउटा सकारात्मक वातावरण सिर्जना गर्ने उहाँको धारणा छ । क्युआर कोर्ड मार्फत् आफ्नो मत राख्न सकिने र यो अभियानमा सहभागिता जनाउन सकिनेछ । मानव कर्तब्यका लागि यस अभियानमा सबै नेपालीले सक्रियता पूर्वक सहभागिता जनाउन उनको आग्रह छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : ११ बजे

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र