१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान चलाउदै नेपाल जेसीज



बुटवल । नेपाल जेसीजले मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान थालेको छ । नयाँ नेतृत्व चयन भएसंगै नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलको अगुवाइमा नेपालमा ‘मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान’ शुरु भएको हो । जुलाई १० तारिकमा अन्तरास्ट्रिय मानव कर्तब्य दिवस मनाउने गरि सोही दिन संयुक्त राष्ट्रसंघलाई संकलित हस्ताक्षर बुझाइने छ ।

मानव कर्तव्यको उपयोगमा आफ्नो कर्तव्य पुरा गर्दै गर्दा राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताजस्ता कुराहरूलाई समेत मनन गर्नुपर्ने अध्यक्ष पोख्रेलको भनाइ छ ।

विश्वव्यापीरूपमा स्थापित मानव कर्तव्यको सम्मान, संरक्षण तथा सम्वर्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता भए पनि यसको प्रवर्द्धन र कार्यान्वयनका लागि विभिन्न निकायहरूसमेत क्रियाशिल हुन आवश्यक हुने उनको भनाइ छ ।

‘मानिसका प्रकृति, प्रतिष्ठा, आदर्शमा विश्वास गर्ने मत वा सिद्धान्त, मानिसले मानिसप्रति गर्ने राम्रोव्यवहारको सिद्धान्तलाई ख्याल गरी मानव कर्तव्यका लागि हस्ताक्षर सङ्कलन गरिने छ ,गरिबी, अशिक्षा र आर्थिक रुपमा कमजोर भएको हाम्रो जस्तो नेपाली मुलुकमा मानव कर्तव्य जाेगाउन सकारात्मक पहल कदमी गरेका हौँ ।-उनले भने ।

हस्ताक्षरले एउटा सकारात्मक वातावरण सिर्जना गर्ने उहाँको धारणा छ । क्युआर कोर्ड मार्फत् आफ्नो मत राख्न सकिने र यो अभियानमा सहभागिता जनाउन सकिनेछ । मानव कर्तब्यका लागि यस अभियानमा सबै नेपालीले सक्रियता पूर्वक सहभागिता जनाउन उनको आग्रह छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : ११ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान