१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पाल्पा जिप दुर्घटना : ५ महिला, ३ पुरुषको मृत्यु, मृतकको अझै सनाखत हुन सकेन



बुटवल । पाल्पामा भएको जिप दुर्घटनाबाट मृत्यु भएका ८ जनाको अझै सनाखत हुन सकेको छैन । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको अझै सनाखत हुन नसकेको पाल्पा प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले बताए । दुर्घटनामा परि १८ जना घाइते भएको र उनीहरुको पाल्पा प्रवास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । अधिकांस घाइतेहरु बोल्न सक्ने अवस्थामा नरहेको र मृतकका आफन्तहरु अस्पताल आइनसकेकाले सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : १६ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह