२९ चैत्र २०८२, आइतबार | April 12, 2026

नेपाल प्रहरीको पोषाकमा नक्कली महिला असई पक्राउ



काठमाडौं । नेपाल प्रहरीको असइ हुँ भन्दै ठगी गर्दै हिँड्ने बैतडी पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरि–१४ नैकापस्थित डेरामा बस्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ वर्षीया अमिला कुमारी साउँद रहेकी छन् ।

उनले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले डेढ लाख रुपैयाँ ठगी गरेकी थिइन् । साउँदले दैलेख, नारायण नगरपालिका वडा नं. ११ की अमृता बिष्टलाई राष्ट्रिय अनुसन्धान बिभागको सिपाही पदमा जागिर लगाईदिने भन्दै १ लाख ५० हजार रकम लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी साउँदले आफु नेपाल प्रहरी (जनपद) को प्रहरी सहायक निरीक्षक भएको र बढुवा भई प्रहरी नायव निरीक्षक भएको बताउँदै रकम असुलेकी थिइन् ।

असइको पोशाक समेत प्रहरीले बरामद गरेको छ। उनले आफू असइमा भर्ना भएको र हाल सइ पदमा कार्यरत रहेको बताउँदै आएकी थिइन्। थानकोट वृत्तले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १० : ०५ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग