२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाल प्रहरीको पोषाकमा नक्कली महिला असई पक्राउ



काठमाडौं । नेपाल प्रहरीको असइ हुँ भन्दै ठगी गर्दै हिँड्ने बैतडी पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरि–१४ नैकापस्थित डेरामा बस्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ वर्षीया अमिला कुमारी साउँद रहेकी छन् ।

उनले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले डेढ लाख रुपैयाँ ठगी गरेकी थिइन् । साउँदले दैलेख, नारायण नगरपालिका वडा नं. ११ की अमृता बिष्टलाई राष्ट्रिय अनुसन्धान बिभागको सिपाही पदमा जागिर लगाईदिने भन्दै १ लाख ५० हजार रकम लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी साउँदले आफु नेपाल प्रहरी (जनपद) को प्रहरी सहायक निरीक्षक भएको र बढुवा भई प्रहरी नायव निरीक्षक भएको बताउँदै रकम असुलेकी थिइन् ।

असइको पोशाक समेत प्रहरीले बरामद गरेको छ। उनले आफू असइमा भर्ना भएको र हाल सइ पदमा कार्यरत रहेको बताउँदै आएकी थिइन्। थानकोट वृत्तले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १० : ०५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार