७ चैत्र २०८२, शनिबार | March 21, 2026

दीप बोर्डिङमा दीप बाल उद्यानको उद्घाटन



बुटवल । रूपन्देहीको बुटवल-८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलमा नवनिर्मित दीप बाल उद्यानको सरस्वती पूजनका दिन बुधबार उद्घाटन गरिएको छ ।

खास गरी बालकक्षा र नर्सरीका विद्यार्थीलाई खेलकुदसँगै रमाइलो वातावरणमा शिक्षण सिकाइ क्रियाकलापलाई सघाउ पु¥याउने उद्देश्यले निर्माण गरिएको उक्त उद्यानको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूले ढोकाको ताल्चाखोली रिबन काटेर उद्घाटन गरे ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्यहरू ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्र कुमार शाक्य सहित अभिभावकहरूको सहभागिता रहेको चियो । यसैबिच विद्यालयमा बसन्त पञ्चमी तथा श्री पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा अर्चनाका साथै विद्यालयमा भर्ना गराउन ल्याइएका स साना नानी बाबुहरूको अक्षरारम्भ गरी हर्षोल्लासका साथ मनाइएको छ ।

तिलोत्तमा-१, नयाँमिलस्थित दुर्गा वैदिक संस्कृत विद्यापीठमा अध्ययनरत संस्कृत विषयका पाँच जना वटुकद्वारा वैदिक मन्त्रोच्चारण र स्वस्ति शान्ति गरी शास्त्रीय विधि सहित पूजा आरम्भ गरिएको थियो ।

पूजामा विद्यालयका तर्फबाट उपप्राचार्य कलाधर अर्यालले प्रतिनिधित्व गरेका थिए भने पूजाको नेतृत्व विद्यालयका शिक्षक एवम् नेपाली विषय समिति प्रमुख बालकृष्ण पाठकले गरेका थिए ।

सरस्वती पूजाका निम्ति विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यालयका प्राचार्यसहित शिक्षक शिक्षिका, विभिन्न फाँट र तहगत संयोजकहरू, कर्मचारी, विद्यार्थी र अभिभावक वर्गको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित सबैलाई विधिपूर्वक पूजा गर्न तथा व्यवस्थित रूपमा पञ्चामृत र प्रसाद ग्रहणको व्यवस्था विद्यालयले मिलाएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ४० बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका