७ चैत्र २०८२, शनिबार | March 21, 2026

दीक्षा इन्टरनेशनको पहिलो शाखा बुटवलमा



बुटवल । शैक्षिक परामर्श प्रदायक संस्था काठमाडौंको दीक्षा इन्टरनेशनल प्रालिले बुटवलमा शाखा स्थापना गरेको छ । दीक्षा इन्टरनेशनलले आफ्नो पहिलो शाखाको रुपमा बुटवलको कालिकानगरमा कार्यालय स्थापना गरेको हो ।

कार्यालयको बुधबार एक कार्यक्रमका बिच औपचारिक रुपमा शुभारम्भ गरिएको छ । वैदेशिक शिक्षाको लागि जान चाहने पश्चिम नेपालका विद्यार्थीलाई लक्षित गरेर बुटवलमा शाखा सञ्चालन गरिएको दीक्षा इन्टरनेशनलका सञ्चालक तथा प्रवन्ध निर्देशक शेखर आचार्यले जानकारी गराए । उनका अनुसार दिक्षा इन्टरनेशनलले विशेष गरेर अध्ययनका लागि अमेरिका जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दछ । अमेरिकाले छात्रबृत्तिमा मात्रै विद्यार्थी लैजाने गरेको छ ।

अमेरिकामा अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्राप्त गर्न प्लस २ को परीक्षामा ३।७५ जिपिए भन्दा माथि ल्याएको विद्यार्थीले टोफेल वा आईईएलटिसमा ९ मा ७ अंक अनिवार्य ल्याउनु पर्दछ । त्यसपछि स्याटको परीक्षामा १६०० मा १५४० अंक अनिवार्य ल्याउनु पर्ने उनले बताए ।

आंशिक छात्रबृत्तिका लागि भन् अरु विकल्पहरु पनि छन् । दीक्षा इन्टरनेशनलले अमेरिका बाहेक अष्ट्रेलिया, क्यानडा र युकेका लागि पनि परामर्श सेवा प्रदान गर्ने उनले बताए । सन् २००६ मा काठमाडौंको पुतलीसडकमा खुलेको दीक्षा इन्टरनेशनलबाट ३ हजार ८ सय भन्दा बढी विद्यार्थी अमेरिका गईसकेका छन् भने अष्ट्रेलिया, क्यानडा र युकेमा पनि १ हजार बढी विद्यार्थी गईसकेको उहाँले प्रवन्ध निर्देशक आचार्यले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले अध्ययनमा विदेश जाने विद्यार्थीलाई अध्ययन पछि नेपालमै आएर काम गर्न आग्रह गरे । उनले अध्ययनका लागि विदेश जाने र उतै पलायन हुने प्रवृत्तिका कारण देशको विकासमा समेत असर परेको बताउँदै शैक्षिक परामर्श प्रदायक संस्थाहरुले पनि त्यस्तो वातावरण बनाउनु पर्ने भनाई राखे ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : १५ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान