२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिवल : उपाधिका लागि आर्मी र गण्डकी भिड्ने



बुटवल। विभागीय टोली नेपाल प्रहरीलाई स्तब्ध पार्दै गण्डकी प्रदेश तिलोत्तममा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिवलको उपाधिका लागि त्रिभुवन आर्मी क्लवसँग भिड्ने भएको छ ।

बुधबार भएको सेमिफाईनलको पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीलाई ३-२ सेटले हराउदै गण्डकी प्रदेशले फाईनलको यात्रा तय गरेको हो । आजै भएको दोस्रो खेलमा एपिएफ क्लवलाई सोझो सेटले हराउदै त्रिभुवन आर्मी क्लवले फाईनल यात्रा तय गरेको हो ।

पहलो सेट २५-२१ र दोस्रो २५-१७ बनाएर दुई सेट आफनो पोल्टामा पारेको गण्डकीले तेस्रो सेट र चौथो सेट भने नेपाल पुलिस क्लबले २५–१९ ,२५–२०, बनाएर बराबरीमा पुगेको थियो । प्रतियोगितामा कडा प्रतिस्पार्धाका बीच पाँचौ सेट भने गण्डकीले नेपाल पुलिसलाई १० अंकमा रौक्दै १५ अंक बनाएर फाईनल यात्रा तय गरेको हो । गण्डकी बिजेता भएपछी फाईनलमा बिभागीय टिम त्रिभुवन आर्मी क्लब सँग भेट हुने निश्चित भएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी जिवन सुनार खेलको म्यान अफ द म्याच हुन सफल भए ।

दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच भएकोमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब बिजयी भएको छ । त्रिभुवन आर्मी क्लबले एपिएफलाई २५–२२ ,२५–२०, २५–२३ मा रोक्दै फाईनल यात्रा तय गरेको हो । खेलमा म्यान आफ द म्याच भएका त्रिभुवन आर्मी क्लबका खेलाडी मान बहादुर श्रेष्ठलाई नगद सहित सम्मान गरीएको थियो ।

उपाधिका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच विहिबार खेल हुनेछ । प्रतियोगीताको तेस्रो स्थानका लागि नेपाल प्रहरी र एपीएफ क्लवबीच खेल हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

प्रतियोगीतमा विजेता समुहले नगद २ लाख १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने छन् । द्धितियले १ लाख ५० हजार १ रुपैयाँ नगद सहित कप मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् । तृतिय स्थान प्राप्त गर्ने समुहले नगद १ लाख १ रुपैयाँ नगद सहित कप, मेडल प्रमाणपत्र पाउने छन् । सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैया सहित कप मेडल प्रमाणपत्र पाउने खेल सँयोजक सुरेन्द्र गुरुङले बताए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागतरुपमा नगद सहित मायाको चिनोले सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका बरिष्ट उपाध्यक्ष किशन चन्दले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ५७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ