१८ असार २०८३, बिहिबार | July 2, 2026

मणिमुकुन्द कप राष्ट्रिय भलिबल : नेपाल पुलिस, एपीएफ, लुम्बिनी, सुदूरपश्चिम विययी



बुटवल । तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलहरूमा सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश, एपिएफ विजयी भएका छन्  ।

आज भएको पहिलो खेलमा सोझो सेटमा मधेसलाई हराउँदै सुदूरपश्चिम विजयी भएको छ । खेलमा २५–१३, २५–१२, २५–१८ अंक बनाउँदै सुदूरपश्चिम विजयी भएको हो । आजको खेलमा पराजय भोगेसँगै मधेस प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा सुदूरपश्चिमका खेलाडी बेदप्रकाश जोशी म्यान अफ द म्याच भए ।

त्यसैगरी आजै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच भएको दोस्रो खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ ।

प्रतियोगितामा पहिलो र दोस्रो सेट २५–२० २५–२० बनाएर लुम्बिनीले जित निकालेको थियो । तर तेस्रो सेट भने कर्णालीले लुम्बिनीलाई २३ मा रोक्दै २५ बनाएर जितेपछि खेल थप रोचक बनेको थियो । तर अर्को खेलमा भने लुम्बिनीले कर्णालीलाई २१ अंकमा रोक्दै २५ बनाएर विजयी भएको छ । यो प्रतियोगितामा पराजित भएसँगै कर्णाली प्रदेश पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो खेलमा लुम्बिनी प्रदेशका खेलाडी संगम श्रीस म्यान अफ द म्याच भए ।

त्यसैगरी नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको आजको तेस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

प्रतियोगिताभर त्रिभुवन आर्मी क्लबलाई दवावमा राखेको पुलिसले सोझो सेटमा जित निकाल्दै विजयी भएको हो । प्रहरीले २५–२०, २५–२०, २५–२१ अंकका साथ विजयी भएको हो ।

खेलमा नेपाल पुलिस क्लबका खेलाडी बलराम गुरुङ म्यान अफ द म्याच भए ।

आजको चौथो खेल एपिएफ क्लब र गण्डकी प्रदेशबीच भएकोमा एपिएफ क्लब विजयी भएको छ । एपिएफले २५–१५, २५–२१, २५–१९ बनाएर विजयी भएको हो । यो प्रतियोगितामा एपीएफ क्लबका खेलाडी रूपेन्द्र नेपाली म्यान अफ द म्याच भएका छन् ।

आयोजक मणिमुकुन्द क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीका अनुसार खेलमा प्रथम हुनेले नगद २ लाख १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने छन । दोस्रो हुनेले १ लाख ५० हजार १ रुपैया नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन भने तृतीय हुनेले नगद १ लाख १ रुपैयाँ नगद सहित कप मेडल प्रमाणपत्र पाउने छन् ।

सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई बिधागत रुपमा नगद सहित मायाको चिनोले सम्मान गरिने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका बरिष्ठ उपाध्यक्ष किसन चन्दले बताए ।

माघ २ गते सम्म सञ्चालन हुने खेलको मुख्य प्रायोजक तिलोत्तमा नगरपालिकाले गरेको छ भने प्रदेश खेलकुद परिषद लुम्बिनीलले खेल प्रवद्र्धन, नेपाल भलिबल संघको सहयोगमा प्रतियोगिता भैरहेको आयोजक क्लबले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ११ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका