१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मणिमुकुन्द कप राष्ट्रिय भलिबल : नेपाल पुलिस, एपीएफ, लुम्बिनी, सुदूरपश्चिम विययी



बुटवल । तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलहरूमा सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश, एपिएफ विजयी भएका छन्  ।

आज भएको पहिलो खेलमा सोझो सेटमा मधेसलाई हराउँदै सुदूरपश्चिम विजयी भएको छ । खेलमा २५–१३, २५–१२, २५–१८ अंक बनाउँदै सुदूरपश्चिम विजयी भएको हो । आजको खेलमा पराजय भोगेसँगै मधेस प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा सुदूरपश्चिमका खेलाडी बेदप्रकाश जोशी म्यान अफ द म्याच भए ।

त्यसैगरी आजै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच भएको दोस्रो खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ ।

प्रतियोगितामा पहिलो र दोस्रो सेट २५–२० २५–२० बनाएर लुम्बिनीले जित निकालेको थियो । तर तेस्रो सेट भने कर्णालीले लुम्बिनीलाई २३ मा रोक्दै २५ बनाएर जितेपछि खेल थप रोचक बनेको थियो । तर अर्को खेलमा भने लुम्बिनीले कर्णालीलाई २१ अंकमा रोक्दै २५ बनाएर विजयी भएको छ । यो प्रतियोगितामा पराजित भएसँगै कर्णाली प्रदेश पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो खेलमा लुम्बिनी प्रदेशका खेलाडी संगम श्रीस म्यान अफ द म्याच भए ।

त्यसैगरी नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको आजको तेस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

प्रतियोगिताभर त्रिभुवन आर्मी क्लबलाई दवावमा राखेको पुलिसले सोझो सेटमा जित निकाल्दै विजयी भएको हो । प्रहरीले २५–२०, २५–२०, २५–२१ अंकका साथ विजयी भएको हो ।

खेलमा नेपाल पुलिस क्लबका खेलाडी बलराम गुरुङ म्यान अफ द म्याच भए ।

आजको चौथो खेल एपिएफ क्लब र गण्डकी प्रदेशबीच भएकोमा एपिएफ क्लब विजयी भएको छ । एपिएफले २५–१५, २५–२१, २५–१९ बनाएर विजयी भएको हो । यो प्रतियोगितामा एपीएफ क्लबका खेलाडी रूपेन्द्र नेपाली म्यान अफ द म्याच भएका छन् ।

आयोजक मणिमुकुन्द क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीका अनुसार खेलमा प्रथम हुनेले नगद २ लाख १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने छन । दोस्रो हुनेले १ लाख ५० हजार १ रुपैया नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन भने तृतीय हुनेले नगद १ लाख १ रुपैयाँ नगद सहित कप मेडल प्रमाणपत्र पाउने छन् ।

सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई बिधागत रुपमा नगद सहित मायाको चिनोले सम्मान गरिने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका बरिष्ठ उपाध्यक्ष किसन चन्दले बताए ।

माघ २ गते सम्म सञ्चालन हुने खेलको मुख्य प्रायोजक तिलोत्तमा नगरपालिकाले गरेको छ भने प्रदेश खेलकुद परिषद लुम्बिनीलले खेल प्रवद्र्धन, नेपाल भलिबल संघको सहयोगमा प्रतियोगिता भैरहेको आयोजक क्लबले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ११ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान